एक्कासी सिंहदरबारभित्र गोली चालेपछि …

काठमाडौँ – बुधबार सिंहदरबारभित्र गोली चलेको छ। बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्षको सुरक्षामा खटिएकी एक सुरक्षाकर्मीले बोकेको पेस्तोलबाट गोली चलेको हो।

गोली किन र कसरी चल्यो भन्ने बारे अनुसन्धान भइरहेको छ। गोली चलेपनि कसैलाई कुनै प्रकारको क्षतिहानी नभएको बताइएको छ। गोली चलेको बारे राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीसँग सोधपुछ भइरहेको छ।

प्रहरीले दिएको प्रारम्भिक सूचना अनुसार गोली मिस ह्याण्डलिङका कारण चलेको हुन सक्छ !

प्रकाशित : बुधबार, कार्तिक १०, २०७८१७:५५

मङ्सिर देखि घट्ने भयो विद्युत् शुल्क, यस्तो छ निर्धारण भएको नयाँ दर !