काठमाडौँ – मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपिओ बाँडफाँड शुक्रबार हुने भएको छ। असाेज २० गते बुधबारबाट असाेज २५ गतेसम्मका लागि सर्वसाधारणका लागि निष्कासनमा आएको कम्पनीको आइपिओको बाँडफाँड शुक्रबार हुने भएको हो।
कम्पनीको आइपिओ बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबार गर्ने तयारी गरिरहेको छ। प्राप्त जानकारी अनुसार ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रबार हुनेछ।
कम्पनीले असोज २० गते १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आइपिओ) निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो।
त्यस्तै बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूको भागमा परेको थियो। आइपिओ बाँडफाँड हुँदा ८ लाख १९ हजार सर्वसाधारणले १० कित्ताका दरले शेयर पाउनेछन्।
आइपिओका लागि आवेदन दिने अन्तिम समय सम्म २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन प्राप्त भएको आइएमई क्यापिटलले जनाएको छ। यस हिसाबले आइपिओ बाँडफाँड हुँदा १५ लाख ७४ हजार ४ सय २८ जनाको हात रित्तो हुनेछ।

