काठमाडौँ – धेरै दिनपछि बुधबार घटेको सुनको मूल्य बिहिबार नै बढेको छ। कार्तिक लागेपछि पहिलो पटक बुधबार घटेको सुनको मूल्य बिहिबार नै बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ४ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैंयाँले नै बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन ९१ हजार ९ सय रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। यस अगाडी सुनको मूल्य आइतबार ४ सय, सोमबार ३ सय र मंगलबार २ सय रुपैंयाँले बढेको थियो भने बुधबार ६ सय रुपैंयाँले घटेको थियो।
चाँदीको मूल्य
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन। नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५० रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

