मन्त्री झाँक्री अस्पतालमा, ज्वरोसँगै यस्तो समस्या पनि !

काठमाडौँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए ।

“सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भने, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।” मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए ।

प्रकाशित : बिहिबार, कार्तिक ११, २०७८१२:२३

तरकारी किन्दा दिए नक्कली नोट, डेरामा पुग्दा प्रहरी समेत चकित !