एजेन्सी – ज्योतिष शास्त्र अनुसार शुक्र ग्रह वैवाहिक जीवन, प्रेम, सौंदर्य, भौतिक सुख-सुविधाको कारक ग्रह हो। जुन राशिमा शुक्रको बलियो उपस्थित हुन्छ सो राशि हुनेहरुको जीवनमा प्रेमको कमी हुँदैन, न त ऐश-आरामकै कमि हुन्छ। यहि सुख शान्तिको ग्रहले कार्तिक १३ गते शनिबार शुक्रले राशि परिवर्तन गर्दैछ। कार्तिक १३ गते कार्तिक कृष्णपक्ष नवमीका दिन शुक्र ग्रह वृश्चिक राशिबाट धनुमा प्रवेश गर्न लागेको हो।
शुक्रले वृश्चिक राशि छाडेर धनु राशिमा प्रवेश गर्दा सम्पूर्ण राशिमा प्रभाव पर्नेछ। त्यस राशि परिवर्तनले केहि राशिको जिवनमा शुभ फल दिनेछ भने केहि राशिको जीवनमा अशुभ। शुक्रको राशि परिवर्तनले सबै भन्दा बढी कुन-कुन राशिलाई लाभ पुर्याउला ? हेर्नुहोस्
मेष राशि
शुक्रको राशि परिवर्तन मेष राशि हुनेहरुका लागि धेरै शुभ रहने देखिन्छ। भौतिक सुख सुविधाका साधनहरु जुट्नेछन्। बहुमुल्य गर-गहना जोड्ने अवसर मिल्नेछ। रोकिएका काम बन्नेछन्। प्रेम जीवनमा पनि शुक्रको धेरै राम्रो प्रभाव रहनेछ। सम्बन्धलाई नयाँपन दिन सकिनेछ। धेरै समय देखि भेट नभएका मित्रजनसँग भेटघाट समेत हुन सक्ने देखिन्छ।
सिंह राशि
शुक्र धनु राशिमा प्रवेश गर्दा सिंह राशि हुनेहरुको जीवनमा विभिन्न प्रकारका सकारात्मक परिवर्तन हुनेछन्। परिवारमा रहेका कलह देखि छुटकारा मिल्नेछ। साझेदारीमा गरिएका कामहरु सफलता उन्मुख रहनेछन्। भौतिक सुखसुविधाका कुरामा खर्च बढेपनि आर्थिक रुपमा लाभ बढ्दा कुनै पनि समस्या रहने छैन। पूराना लगानीले उल्लेख्य प्रतिफल दिनेछन्। कार्यक्षेत्रमा नयाँ सम्बन्ध कायम हुन सक्ने पनि देखिन्छ।
तुला राशि
आर्थिक लाभका नयाँ-नयाँ श्रोत फेला पर्नेछन्। शुक्रले राशि परिवर्तन गर्दा पारिवारिक सम्बन्ध मजबुत हुनेछ। परिवारमा रहेका सबै प्रकारका कलाह देखि छुटकारा मिल्नेछ। पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने प्रबल सम्भावना रहनेछ। आफन्त र साथीभाइकाे साथ पाइनाले साेचेकाे लाभ उठ्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। महत्वपूर्ण यात्राको अवसर पनि जुर्न सक्ला।
वृश्चिक राशि
शुक्रको राशि परिवर्तनले वृश्चिक राशि हुनेहरुलाई विभिन्न प्रकारका लाभ दिलाउनेछ। लामो समय देखि रहेका स्वास्थ्य समस्या देखि छुटकारा मिल्नेछ। धन लाभका कयौं बाटाहरु फेला पर्नेछन्। लामो समय देखि अड्किएका कारोबार सुचारु हुनेछन्। घर-जग्गा सम्बन्धि कारोबारले लाभ दिलाउन सक्ला। सवारी साधन जोड्ने अवसर पनि जुर्न सक्ला। प्रियजनसँगको भेटघाटले जीवनमा उत्साह जगाउनेछ।
धनु राशि
आत्मविश्वास बढ्दा महत्वपूर्ण कार्या सम्पन्न गर्न सकिनेछ। तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी पूरा गर्न सकिँदा मान-सम्मान प्राप्त हुनेछ। भाग्यको पूरा साथ मिल्नेछ। शारीरिक तथा मासिक स्वास्थ्य राम्रो रहनेछ। पहिला बिग्रिएका सम्बन्धहरु सुधार्ने अवसर मिल्न सक्ला। समयको सहि सदुपयोग गर्न सकिएमा भविष्यमा ठूलो लाभ हुने कार्यको थालनी हुनेछ।
कुम्भ राशि
एक हिसाबले भन्नुपर्दा शुक्रको राशि परिवर्तन कुम्भ राशि हुनेहरुका लागि वरदान नै सावित हुनेछ। जीवनमा रहेका धेरै जस्ता समस्या देखि छुटकारा मिल्नेछ। सम्पत्तिका कारण निम्तिएक अदालती प्रक्रिया देखि छुटकारा मिल्नेछ। स्वास्थ्यले पनि साथ दिन सक्ला। महत्वपूर्ण कार्य थालनीमा परिवारको साथ र सहयोग रहनेछ। राजगारीको क्षेत्रमा पनि शुक्रले सकारात्मक प्रभाव पार्न सक्ला।
मीन राशी
आम्दानीका नयाँ-नयाँ श्रोत फेला पर्नेछन्। नयाँ सम्बन्धहरु कायम हुनेछन्। साझेदारीमा गरिएका कार्यहरुले लाभ दिलाउनेछन्। प्रेम जीवनमा समझदारी बढ्नेछ। परिवारमा उल्लासमय माहोल रहला। शुक्रको राशि परिवर्तनसँगै भाग्य चम्किनेछ। शुभचिन्तकहरूले हरेक कार्यमा साथ दिनेछन्। प्रतिष्पर्धाहरुमा सहजै सफलता मिल्नेछ। खेलाडीहरुका लागि पनि शुक्रको राशि परिवर्तन लाभप्रद रहने देखिन्छ।