एजेन्सी – फ्रेन्च क्लब नाइसका कप्तान डान्टेले लियोनेल मेस्सी, किलियन एमबाप्पे र नेयमार एकसाथ खेल्दा तीनै खेलाडीलाई रोक्न धेरै गार्हो हुने बताएका छन्। पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा डान्टेले मेस्सी, नेयमार र एम्बाप्पेलाई एक साथ रोक्न जुनै पनि टीमलाई गार्हो पर्ने बताएका हुन्।
तीन खेलाडीलाई एकै पटक ध्यान दिन र रोक्न गार्है पर्ने हुँदा विपक्षी टीमले तीनै खेलाडी एकसाथ नखेलुन् भन्ने कामना गर्ने डान्टेले बताए। उनका अनुसार पिएसजीलाई रोक्ने एक मात्र योजना भनेको तीन खेलाडी एक साथ नखेलुन भन्ने नै हो।
तीन खेलाडीलाई रोक्ने ‘म्याजिक फर्मुला’ कसैलाई पनि थाहा नभएको उनले बताए। मेस्सी-नेयमार-एम्बाप्पे जस्तो ट्रियोलाई रोक्न ठूलो हिम्मतका साथ खेल्नुपर्ने र एकछिन् पनि ध्यान गुमाउन नहुने डान्टेको भनाई छ।
“यी तीनलाई एकसाथ रोक्न गार्हो पर्छ। त्यसैले एक साथ नखेलुन् भन्ने कामना बाहेक के गर्न सकिन्छ र ?”,जिस्किँदै डान्टेले भने,”भन्ने नै हो भने यी तीनलाई रोक्न ठूलो हिम्मत चाहिन्छ।”
तीनै खेलाडी एक साथ उत्रिएको अवस्थामा कुनै पनि खेलाडी निष्क्रिय हुन नसक्ने र यदि निष्क्रिय भएको खण्डमा तीन मध्ये एक खेलाडीले खेल सकाइदिने डान्टेले बताए। उनले भने,”उनीहरुको अगाडी निष्क्रिय भयौं भने खेल सकाइदिन्छन्, सक्रिय भएर उनीहरुलाई ट्याकल गर्नुपर्ने हुन्छ। सहि शब्दमा भन्नुपर्ने यस्ता खेलाडीहरुलाई रोक्न टूलो साहस र व्यक्तित्व चाहिन्छ।”
फ्रेन्च लिग वानमा नाइसले डिसेम्बरमा पिएसजीको सामना गर्दैछ। डिसेम्बर लागेको पहिलो दिन नै यी दुई क्लब बीच भेट हुनेछ।

