लिभरपुलले बोल्ती बन्द गरिदिएपछि झनै कडा मिहिनेत गर्दै रोनाल्डो, भन्छन् -‘नो पेन, नो गेन’

एजेन्सी – गएको साता पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका लागि सुखद रहेन। म्यानचेस्टर युनाइटेड लिभरपुल सामू निरिह बन्द उनी पनि निरिह बन्न पुगे। जितेर सबैको मुख बन्द गरिदिन्छु भनेको दुई दिनमै रोनाल्डो सहितको युनाइटेडले लिभरपुलसँग लज्जास्पद हार बेहोर्न पुगेको थियो।

रोनाल्डोले लिभरपुलसँगको खेल भन्दा केहि दिन अगाडी मात्रै एक अन्तर्वार्ता दिएका छन्। जसक्रममा उनले आफ्ना आलोचकहरु तथा इर्श्या गर्नेहरुलाई जितेर जवाफ दिने बताएका थिए। तर परिस्थित उल्टो भैदियो। म्यानचेस्टर आफ्नो घरेलु मैदानमा इतिहाँसकै नमिठो हारसँग सक्षात्कार हुन पुग्यो।

युनाइटेड लिभरपुलसँग ५-०को गोल अन्तरले पराजित भएपछि सबैको बोल्ती बन्द गरिदिन्छु भन्ने रोनाल्डोकै बोल्ती बन्द भएको भन्दै टिप्पणी समेत भए। उक्त हारले रोनाल्डोलाई आलोचनाको केन्द्रमै राखिदिएको थियो। तर रोनाल्डो ती खेलाडीको सूचीमा पर्दैनन्, जो एक हारका कारण निराश भएर बस्छन्। रोनाल्डो ती खेलाडी भित्र पर्छन्, जो हारको अगाडी जित छ भनेर थप चुनौतीको सामना गर्छन्।

प्रिमियर लिगमा युनाइटेडले शनिबार राति टोटेनहम हटस्परको सामना गर्दैछ। शनिबार राति १० बजेर १५ मिनेटमा शुरु हुने उक्त खेलको तयारीमा अहिले रोनाल्डो छन्। लिभरपुलको लज्जास्पद हारलाई बिर्साउने खेल प्रदर्शन गर्ने पक्षमा रोनाल्डो हुनेछन्।

रोनाल्डोले बिहिबार मात्रै नयाँ चुनौतीका लागि आफू तयार रहेको सङ्केत गरेका छन्। सामाजिक संजालमा केहि तस्विरहरु राख्दै रोनाल्डोले थप चुनौतीका लागि आफू तयार रहेको सङ्केत गरेका हुन्।

सामाजिक संजालमा कडा परिश्रम गर्दै गरेका तस्विरहरु राख्दै उनले सफलताको कुनै ‘सर्टकट’ नभएको बताएका छन्। रोनाल्डोले सामाजिक संजालमा लेखेका छन्,”कडा परिश्रम नै जितको एकमात्र बाटो हो। सफलताको कुनै सर्टकट छैन। नो पेन, नो गेन”

प्रकाशित : बिहिबार, कार्तिक ११, २०७८१६:२५

कोम्यानको ठाउँमा जाभी ल्याउने तयारी ! कति सम्भव ?