कोम्यानको ठाउँमा जाभी ल्याउने तयारी ! कति सम्भव ?

एजेन्सी – बार्सिलोनाले रोनाल्डो कोम्यानको विकल्पका बारेमा यसअघि पनि सोचिसकेको थियो । त्यसमाथि बुधबार रायो भालेसानोसँग १–० ले पराजित भएपछि भने बार्सिलोनाले हारको केहि समयपछि नै कोम्यानलाई बर्खास्त गरेको थियो ।

क्लबका अध्यक्ष जोन लापोर्टाले पूर्व खेलाडी जाभी हर्नान्डेजलाई प्रशिक्षकका रुपमा भित्राउन चाहिरहेका छन् । एट्लिटको म्याड्रिडसँगको पराजयपछि नै लापोर्टाले जाभीलाई ल्याउन चाहिरहेका थिए । त्यति बेला देखि नै कोम्यान बर्खास्तमा पर्ने खतरा बढेको थियो ।

यता जाभीले पनि पूर्व क्लब हेर्ने विषयमा सकारात्मक रहेको जवाफ दिएको बताइएको छ । सबै सोचे जस्तो भएको अवस्थामा भने जाभी नयाँ प्रशिक्षक बन्ने सम्भावना छ । बार्सिलोनाले यसै साता दुई खेल गुमाएको थियो ।

रायोसँग पराजित भएपछि कोम्यानलाई बर्खास्त गरेसँगै लापोर्टाले जाभीलाई क्लबमा फर्काउने प्रयास थालिसकेका छन् । जाभी इच्छुक रहेका छन् । तर जाभीका लागि एकमात्र अप्ठेरो भनेको कतारी क्लब अल सादसम्मको सम्झौता रहेको छ । कतार विश्व कप २०२२ सम्म जाभीको सम्झौता अल सादसँग रहेको छ । जसले गर्दा जाभी तत्काल बार्सिलोना जानेमा शंका छ ।

यदि सबै योजना अनुसार अघि बढ्यो भने नोभेम्बरको अन्तर्राष्ट्रिय विश्रामपछि जाभी जान सक्नेछन् । त्यसअघि नै क्याटलान टोलीले अलाभेस, डाइनोमो किभ र सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । ती खेलमा भने अन्तरिम प्रशिक्षकले टोली सम्हाल्नेछन् ।

अन्तरिम प्रशिक्षक को ?

बार्सिलोनाको अन्तरिम प्रशिक्षकका लागि सर्जी बार्जुना र अल्र्बेट कापेल्सको नाम चर्चामा छन् । कोम्यानको बर्खास्तसँगै बार्जुना अन्तरिम हुने सम्भावना छ । सँगै कापेल्सको पनि चर्चा भने चलिरहेको छ ।

प्रकाशित : बिहिबार, कार्तिक ११, २०७८२०:५५

पिएसजीको स्क्वाडबाट मेस्सी र एम्बाप्पे दुवै आउट !