चाइजिन हाइब्रिड धानमा लागेन दाना, भुस मात्र लागेपछि समस्यामा किसान !

काठमाडौं । हाइब्रिड डिवाइ २८ धान रोपेका ७० किसान घरपरिवारको २ सय रोपनी जमिनमा लगाएको धानमा भुस मात्रै लागेको छ । जस्को कारण ति किसान परिवारका करिव ५२ लाख रुपैया बराबरको क्षति भएको छ । यो क्षति भक्तपुरको चाँगुनारायण नगरपालिका ६ का ६० देखि ७० घरपरिवार किसानलाई लागेको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

उनीहरुले धेरै उत्पादन हुने लोभमा स्थानीय बीउ छोडेर चाइजिन हाइब्रिड धानको बिउ रोपेका थिए । विगतका वर्षमा धेरै फलेको भन्दै ति किसान घरपरिवारले चाईनिज धान लगाएका हुन । भक्तपुरका किसानले लगाएको धानमा भुस मात्र रहेपछि काठमाडौंको बजारमा धेरै रुचाइएको स्थानीय चामलको अभाव हुन सक्ने संभावना समेत देखिएको छ । भक्तपुरको चाँगुनारायण , सूर्यविनायक , नगरपालिकामा अधिकांश किसानले डीवाई २८ धान लगाएका हुन ।

चाइनिज धान डी वाई २८ अघिल्लो वर्ष राम्रो फलेको देखेर यो वर्ष पनि डी वाई २८ लगाएका किसान बढी मर्कामा परेका छन् । ७ रोपनी खेत पूरै परालमात्र भएको दुखेसो पोखे । यस्तै नगरकोट क्षेत्रका ७० प्रतिशत किसानले यही धान लगाएकोमा कसैको पनि रोपनीमा एक मुरी भन्दा बढी धान नआउने किसानहरुले बताएका छन् । धानको बिउ किलोको ८५० भन्दा बढी पर्ने भएकाले विचौलियाले व्यापारीको मिलेमतोमा धानको बिउमा मिसावट गरेको आशंका समेत गरिएको छ ।

चाँगुनारायण नगरपालिका ६ का ६३ वर्षीय सुमन तामाङले आफनो ४ रोपनी ४ आनाको खेतमा उत्पादित धानबाट १० जनाकाृ परिवार पाल्दै आएकोमा धानमा भुसमात्रै लागेपछि परिवार पाल्ने चिन्ता बढेको बताएका छन । डिवाई २८ हाइब्रिड धानको बीउ लगाउँदा उत्पादन धेरै हुने आशाले बजारबाट प्रतिकेजी सात सय ७५ रुपैयाँमा खरिद गरी खेतमा धान रोपेको उनको भनाई छ । घाम पानी नभनेर रोपेको खेतमा धानको वालामा भुषमात्रै लागेपछि उनी थप चिन्तित भएका हुन ।

त्यसैगरी सोही ठाउँका अन्य किसानको पनि उस्तै गुनासो छ । करिव ७० किसान घरपरिवारले आफुसंग भएको खेतमा यही धान लगाएका थिए । ति सबै किसानको धान खेतमा भुसमात्रै लागेपछि जीवन गुजाराको समस्याले पिरोलेको उनिहरुको भनाई छ । सोही ठाउँका ६१ वर्षिय नम्बे तामाङे पनि बढी उत्पादन हुने लोभमा ५ रोपनी ४ आनाको पुरै खेतमा डिवाई २८ हाइब्रिड धान रोपेको बताए । उनका अनुसार ५ रोपनी खेतमा धान रोपेर २४ देखि २५ मुरी धान फलाएर ११ जनाको परिवार पाल्ने गरेकोमा अब आकासको फल आखा तर मरजस्तौ भएको उनको दुखोसो छ ।

सो सम्वन्धमा बागमती प्रदेशका राष्ट्रिय कृषक समुह नेपाल महासंघका अध्यक्ष विकास तामागले चाँगुनारायण नगरपालिका ६ का ६० देखि ७० घरपरिवारले रोपेका सबै धानमा दाना नलागेर यतिकै पूmलको बताए । उनले करिब २ सय बढी रोपनीमा खेतमा दाना नलागेको जानकारी दिए । अध्यक्ष तामागले २ सय रोपनी खेतमा रोपेको धानमा दाना नलाग्दा करिब ५२ लाखको क्षति भएको बताए । उनका अनुसार प्रतिकेजी रोपनीमा १० मुुरी धान उत्पादन हुन्छ । प्रति मुरीमा करिब ६५ केजी धान हुन्छ । हाल बजारको धानको मुल्य करिब ४० रुपैयाँ छ । सो हिसाब गर्दा २ सय रोपनी खेतमा भुष लाग्दा करिब ५२ लाख बढीको क्षति भएको उनको जिकिर छ ।

प्रकाशित : शुक्रबार, कार्तिक १२, २०७८०९:४४

पढेलेखेका समेत बेचबिखनको जोखिममा !