कारोबार हुने हप्ताको अन्तिम दिन घट्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – कारोबार हुने हप्ताको अन्तिम दिन सुनको मूल्य घटेको छ। लगातार बढेर गएको केहि दिन देखि घट्ने र बढ्ने भइरहेको सुनको मूल्य शुक्रबार घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। यस अगाडी सुनको मूल्य आइतबार ४ सय, सोमबार ३ सय र मंगलबार २ सय रुपैंयाँले बढेको थियो। बुधबार ६ सय रुपैंयाँले घटेको सुनको मूल्य बिहिबार ४ सय रुपैंयाँले बढेको थियो।

चाँदीको मूल्य

आज सुनमात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु ५ ले घटेर १ हजार २ सय ५० रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रकाशित : शुक्रबार, कार्तिक १२, २०७८११:०६

मध्य भोटेकोशीको आइपिओ बाँडफाँट, ८ लाख भन्दा बढीको भाग्य चम्कियो !