एक महिना अगाडी नै बालोन डी ओरको नतिजा ‘लिक’ भयो !

एजेन्सी – अघिल्ला सिजनहरुमा भन्दा यसपटक बालोन डी ओरको विजेता चुन्न कठीन देखिन्छ । लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो बालोन डी ओरका सदाबहादर दाबेदारका रुपमा मानिन्छन् ।

पछिल्लो एक दशक भन्दा लामो समयदेखि बालोन डी ओरमा मुख्यतः मेस्सी र रोनाल्डोकै कडा टक्कर हुँदै आएको थियो । तर यसपटक मेस्सी र रोनाल्डोलाई कडा चुनौती दिने गरि अन्य खेलाडीले पनि प्रदर्शन गरेका छन् ।

त्यसमध्ये चेल्सीका मिडफिल्डर जोर्जिन्हो र रियल म्याड्रिडका करिम बेन्जेमा रहेका छन् । तर, समाजिक सञ्जालमा चुहिएको सुचनालाई आधारमा मान्ने हो भने यसपटक बार्यन म्युनिखका रोर्बेटो लेवान्डोस्कीले बालोन डी ओर जित्ने देखिएको छ ।

अधिकारिक नतिजा चुहावट भएको दावी गर्ने उक्त सुचनाका अनुसार ६ सय २७ मतसहित लेवान्डोस्की विजेता बन्नेछन् । मेस्सी दोस्रो स्थानमा रहेका छन् भने बेन्जेमा तेस्रो छन् । त्यस्तै रोनाल्डो नवौं स्थानमा पुगेका छन् भने लुका मोड्रिच १२ औं स्थानमा छन् । बार्सिलोनाका पेड्री १८ औं स्थानमा छन् । जुन पेरि सेन्ट जर्मेन (पिएसजी) का नेयमार भन्दा एक स्थानमा थि हो ।

अब आउने दशक फुटबलमा सफल हुने अनुमान गरिएका पिएसजीका केलियन एमबाप्पे र बोरुसिया डर्टमन्डका इर्लिङ हालान्ड क्रशतः छैटौं र आठौं स्थानमा छन् ।

बालोन डी ओरका शीर्ष २० खेलाडी

१. रोबेर्टो लेवान्डोस्की (बायर्न म्युखिन) २. लिओनल मेस्सी (पिएसजी) ३. करिम बेन्जेमा (रियल म्याड्रिड) ४. मोहम्मद सलाह (लिभरपुल) ५. जोर्जिन्हो (चेल्सी)

६. केलियन एमबाप्पे (पिएसजी) ७.एन गोला कोन्टे (चेल्सी) ८. इर्लिङ हालान्ड (डर्टमन्ड) ९. क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड) १०.केभिन डि ब्रुएने (म्यानचेस्टर सिटी)

११. जियालुइजी डोनारुमा (पिएसजी) १२. लुका मोड्रिच (रियल म्याड्रिड) १३. जर्जियो चिलिनी (युभेन्ट्स) १४. ह्यारी केन (टोटेनहम) १५. ब्रुनो फर्नान्डेज (म्यानचेस्टर युनाइटेड)

१६. रुविन डिएस (म्यानचेस्टर सिटी) १७. रोमेलु लुकाकु (चेल्सी) १८. पेड्री (बार्सिलोना) १९. नेयमार (पिएसजी)२०. रियाद मेहरज (म्याचेस्टर सिटी)

२०१८ मा पनि यस्तै

अहिले जस्तै लुका मोड्रिचले सन् २०१८ को बालोन डी ओर जित्दा यसरी नै सुचना चुहिएको थियो । त्यति बेला जस्तो सुचना बाहिरिएको थियो, त्यस्तै विजेतालगायत खेलाडीको सुची मिलेको थियो । यो वर्षको मत दिने प्रक्रिया बन्द भइसकेको छ । शुक्रबार बालोन डी ओरको विजेता घोषणा हुनेछ ।

प्रकाशित : शुक्रबार, कार्तिक १२, २०७८१२:२६

धेरै नै ढिला छन् यी खेलाडी, कुद्नै सक्दैनन् ! सबै भन्दा ढिला को ?