बार एशोसिएसनमा लफडा भएपछि दिपकको कडा व्यंग्य, बारको अगाडी रेष्टुरेन्ट थप्न सुझाव !

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध भइरहेको आन्दोलन थप पेचिलो बन्दै गएको छ। प्रधानन्यायाधीश विरुद्ध न्यायाधीश देखि कानूनी व्यवसायीहरु सम्म आन्दोलित भएको अवस्था छ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् भने कानूनी व्यवसायीहरु पनि प्रधानन्यायाधीशको विरुद्धमा उभिएका छन्। प्रधानन्यायाधीशलाई लिएर विवाद बढ्दै जाँदा न्यायलयनै दुई कित्तामा विभाजित भएको अवस्था छ।

शुक्रबार यसै विषयलाई लिएर बार एशोसिएसन परिसरमा वकिलबीच हातहालाहाल समेत भएको छ। शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच हातहालाहाल नै भएको हो। प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोल्न थालेपछि न्यौपानेले हात हालेको बताइएको छ।

यसरी कानूनी व्यवसायीहरु बीच हातहालाहाल भएपछि चर्चित कलाकार दिपक राज गिरीले व्यंग्यात्मक कटाक्ष गरेका छन्। गिरीले सामाजिक संजाल मार्फत उक्त घटनालाई लिएर व्यंग्यात्मक कटाक्ष गरेका हुन्।

कटाक्ष गर्दै गिरीले कानूनी व्यवसायीहरुको संस्था ‘बार’को अगाडी रेष्टुरेन्ट थप सुझाव दिएका छन्। फेसबुकमा उनले लेखेका छन्,”कानूनी व्यवसायीहरुको संस्था ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ शब्द पनि थप्ने हो कि ? त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो जति कुटाकुट गरे पनि भो !!!

प्रकाशित : शुक्रबार, कार्तिक १२, २०७८१५:०४

बलिउडका चर्चित ‘लभ ट्रयाङ्गल’, जस कारण बिग्रिए कयौं सम्बन्ध !