काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य फेरी पनि बढेको छ। गएको केहि समय देखि निरन्तर बढी रहेको पेट्रोलियम पदार्थको मूल्य फेरी पनि बढेको हो।
नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको छ। यससँगै अब डिजेलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ र पेट्रोलको मूल्य १३३ रुपैयाँ पर्नेछ।
यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १३० र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ रहेको थियो। पकाउने एलपी ग्याँसकाे मूल्य प्रतिसिलिन्डर ५० ले बढेर १५०० पुगेको छ । नयाँ मूल्य शुक्रबार मध्यराति देखि नै लागू हुने निगमले जनाएको छ।
त्यस्तै हवाइ इन्धनको मूल्य पनि बढेको छ। हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु १० बढेर ९६ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर ८५३ अमेरिकी डलर कायम गरिएको छ ।