मेस्सी फ्लप भएपछि सामाजिक संजालमा रोइलो, भन्न सम्म भनियो !

ए जेन्सी – शुक्रबार राति फ्रेन्च लिग वान अन्तर्गत लिग लिडर पेरिस सेन्ट जर्मेन(पिएसजी)ले साविकको विजेता लिलको सामना गर्यो। नयाँ सिजन शुरु भएपछि उच्च लयमा रहेका युवा स्टार किलियन एम्बाप्पेको अनुपस्थितका बाबजुत पिएसजीले जित निकाल्न सक्यो।

तर पिएसजीले सहजै जित निकाल्न भने सकेको होइन। पहिलो हाफमै पछि परेको पिएसजीले हार टार्न कम्ति मिहिनेत गर्न परेन। पिएसजी गएदेखि लय समाउन संघर्षरत लियोनेल मेस्सी लिल विरुद्ध पनि कम्जोर लयमा देखिए। घरेलु मैदानमा पार्क डेस प्रिन्सेसमा भएको खेलमा मेस्सीले पहिलो हाफ मात्रै खेले।

मेस्सीलाई प्रशिक्षक मौरिसियो पोचेटिनो दोस्रो हाफको शुरुमै मैदानबाट बाहिर राखेका थिए। उनको ठाउँमा माउरो इकार्डीलाई मैदान पठाइएको थियो। मांसपेशीको समस्याका कारण मेस्सीको ठाउँमा इकार्डीलाई पठाइएको हो।

मेस्सी यस भन्दा अगाडी पनि प्रतिस्थापन भैसकेका छन्। मेस्सीलाई लियोनविरुद्धको खेलमा पनि प्रतिस्थापन गरिएको थियो। मेस्सी खेल्दाको अवस्थामा खासै राम्रो प्रदर्शन गर्न नसकेको पिएसजीले दोस्रो हाफमा भने राम्रो खेल्न सक्यो।

पहिलो हाफमा पछि परेको पीएसजीले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भयो। खेलको ३१औं मिनेटमा जोनाथान डाभिडको गोलमा लिलले अग्रता लिएको थियो भने खेललाई बराबरीमा ल्याउन पिएसजीले ७४औं मिनेट सम्म मिहिनेत गर्न परेको थियो। एन्जल डि मारियाको पासमा मार्किन्हसले पिएसजीलाई खेलमा फर्काएका थिए। त्यस्तै खेलको ८८ औं मिनेटमा एन्जल डि मारियाले पिएसजीका लागि गोल गरे।

मेस्सीको गोल खडेरी

यसै सिजन पिएसजी पुगेका मेस्सी लिग वानमा खाता खोल्न सकिरहेका छैनन्। च्याम्पियन्स लिगमा खाता खोलिसके पनि लिग वानमा भने मेस्सीले अहिले सम्म गोल गर्न सकेका छैनन्। लिग वानमा गोल गर्न नसकेका कारण मेस्सी सामाजिक संजालमा व्यापक ट्रोल भैरहेका छन्।

 

प्रकाशित : शनिबार, कार्तिक १३, २०७८११:२४

तनाव र दबावमा रोनाल्डो, प्रिमियर लिगका ४ खेलमा गोल गर्न नसकेको पिडा !