तनाव र दबावमा रोनाल्डो, प्रिमियर लिगका ४ खेलमा गोल गर्न नसकेको पिडा !

एजेन्सी – प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडले टोटेनहमको सामना गर्दै छ। प्रिमियर लिगमा पछिल्लो समय कम्जोर प्रदर्शन गरिरहेको युनाइटेडले टोटेनहमको सामना गर्न लागेको हो।

खेल नेपाली समय अनुसार आज राति १० बजेर १५ मिनेटमा शुरु हुनेछ। टोटेनहमको घरेलु मैदानमा हुने खेलमा दुवै टोली एक अर्कालाई पराजित गरेर अगाडी बढ्ने दाउमा हुनेछन्।

प्रिमियर लिगमा युनाइटेडले पछिल्लो खेलमा जित निकालेको छैन। प्रिमियर लिगका पछिल्ला ४ खेलमा युनाइटेडले ३ खेलमा हारेको छ भने १ खेलमा बराबरी खेलेको छ।

त्यस्तै जारी सिजनमा टोटेनहमले पनि प्रभावशाली प्रदर्शन गर्न सकिरहेको छैन। प्रिमियर लिगका पछिल्ला ४ खेलमा टोटेनहमले दुई खेलमा जित निकाल्दा दुई खेलमा हार बेहोरेको छ।

युनाइटेड लिगको सातौं स्थानमा छ भने टोटेनहम छैठौं स्थानमा छ। टोटेनहमको युनाइटेड भन्दा १ अंक बढी छ। लिगका ९ खेल खेलिसक्दा युनाइटेडले ४ खेल र टोटेनहमले ५ खेल जितेको छ।

खराब लयमा रोनाल्डो

युनाइटेड मात्रै नभई युनाइटेडका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो पनि खबर लयबाट गुज्रिरहेका छन्। रोनाल्डोले प्रिमियर लिगका पछिल्ला ४ खेलमा गोल गर्न सकेका छैनन्। रोनाल्डोले प्रिमियर लिगमा एस्टन भिल्ला, एभर्टन, लेस्टर सिटी र लिभरपुल गरी ४ खेलमा लगातार गोल गर्न सकेनन्।

प्रिमियर लिगमा गोल गर्न नसकेपनि रोनाल्डोले च्याम्पियन्स लिगमा भने लगातार गोल गरिरहेका छन्। योङ ब्वाइजविरुद्ध पहिलो गोल गरेका रोनाल्डोले भिल्लारियल र एट्लान्टाविरुद्ध पनि निर्णायक गोल गरेका थिए।

प्रकाशित : शनिबार, कार्तिक १३, २०७८१५:३४

जब यी नायिकाले सलमानसँग जिन्दगी काम गर्दिन भनेर कसम खाइन् …