जब यी नायिकाले सलमानसँग जिन्दगी काम गर्दिन भनेर कसम खाइन् …

एजेन्सी – बलिउडकी सुन्दर नायिका मध्येकी एक रविना टण्डन आजकल फिल्ममा कम देखिन्छिन्। तर पनि उनको अझै पनि चर्चा हुने गर्छ। आफ्नो लामो फिल्मी करियरमा धेरै हिट चलचित्र दिएकी उनले कयौं कलाकारहरुसँग काम गरेकी छन्।

बलिउडका ठूला भन्दा ठूला कलाकारसँगै ठूलो पर्दामा देखिने अवसर उनलाई मिल्यो। तर धेरैलाई थाहा नहुन सक्छ, एक पटक रविनाले बलिउडका सबै भन्दा ठूला र सफल स्टार मानिने सलमान खानसंग काम नगर्ने भनेर कसम नै खाएकी थिइन्।

के थियो घटना ?

रविनाले बलिउडमा चलचित्र ‘पत्थर के फूल’ बाट डेब्यु गरेकी थिइन्। सन् १९९१ मा रिलिज भएको उक्त चलचित्रको मूख्य भूमिकामा सलमान खान पनि थिए। चलचित्रको शुटिंगका क्रममा रविना र सलमान बीच धेरै नै झगडा हुने गर्थ्यो।

सलमान र आफू बीच शुटिंगका क्रममा झगडा हुने गरेका बारे रविना आफैंले विभिन्न अन्तर्वार्ताहरु मार्फत खुलासा गरेकी छन्। एक अन्तर्वार्ताका क्रममा रविने बताएकी थिइन् कि सलमान र उनी बीच साना-साना कुरालाई लिएर झगडा हुने गर्थ्यो। यति सम्म कि सलमानसंग सधैं झगडा परेका कारण उनले सलमानसंग कहिल्यै कम नगर्ने कसम नै खाएकी थिइन्।

“हामी बच्चा-बच्ची जस्तै धेरै झगडा गर्थ्यौं। त्यति बेला म १६ वर्षकी थिएँ भने सलमान २३ वर्षका थिए। तर हामी यति झगडा गर्थ्यौं कि मैले सलमानलाई तिमिसंग कहिल्यै काम गर्दिन भनिदिएको थिएँ।”,एक अन्तर्वार्ताका क्रममा रविनाले भनिन्।

तर सलमानसंग कहिल्यै काम नगर्ने कसम खाएकी रविनाले पछि धेरै चलचित्रमा सलमानसंग काम गरिन्। पछि ‘अंदाज अपना अपना’, कहीं प्यार न हो जाए’ जस्ता चलचित्रमा यी दुईले सँगै काम गरे।

प्रकाशित : शनिबार, कार्तिक १३, २०७८१५:५१

रियल छाड्दै हाजार्ड ? एन्सेलोटीको जवाफले सबै चकित !