बलिउडका चर्चित ‘लभ ट्रयाङ्गल’, जस कारण बिग्रिए कयौं सम्बन्ध !

एजेन्सी – अक्सर चलचित्रहरुमा ‘लभ ट्रयाङ्गल’ देखाइन्छ। यस मामलामा बलिउड पनि पछि छैन। अहिले सम्म ‘लभ ट्रयाङ्गल’लाई विषय वस्तु बनाएर कयौं बलिउड चलचित्र बनिसकेका छन्। लभ-अफेयरका कारण पनि चर्चामा रहने बलिउडमा वास्तविक रुपमै लभ ट्रयाङ्गलका घटनाहरु भएको पाइन्छ। बलिउडका केहि वास्तविक लभ ट्रयाङ्गल निम्न छन्।

रेखा – अमिताभ बच्चन – जया भादुरी

विवाह गरेपछि पनि अमिताभ बच्चन रेखासँगको सम्बन्धलाई लिएर चर्चामा रहे। चलचित्र ‘दो अनजाने’ पछि रेखा र अमिताभको सम्बन्ध अगाडी बढेको बताइन्छ। विवाहित भएर पनि अमिताभ रेखाको प्रेममा परेपछि अमिताभ र जयाको सम्बन्धमा पनि दरार आएको थियो। पछि रेखा र अमिताभले आफ्नो सम्बन्ध अगाडी बढ्न नसक्ने बुझेर छुट्टिने निर्णय गरे।

कैटरीना – दीपिका – रणबीर कपूर

रणवीर र दीपिकाबीचको निकटता करियरको सुरुमै देखिएको थियो । दुबै जना सार्वजनिक स्थलमा धेरै पटक सँगै देखिएका थिए। दुई बीच विवाह हुने चर्चा समेत थियो। तर त्यति नै बेला रणबीरको जीवनमा कैटरीनाको प्रवेश भयो। त्यसबेला दीपिका रणबीरलाई मन पराउँथिइन् भने पछि बिस्तारै रणबीरको मन कैटरीनातिर ढल्कियो।

शाहिद – करीना – सैफ

शाहिद कपूर र करीना कपूरको प्रेम फिल्म जब वी मेट पछि शुरु भएको थियो। त्यसबेला दुईलाई धेरै ठाउँमा सँगै देखिएको थियो। त्यतिकैमा करीना सैफ अलि खानसँग जोडिन पुगिन् र पछि दुई बीच विवाह पनि भयो।

प्रियंका चोपडा – शाहिद कपूर- हरमन बवेजा

करिनापछि शाहिद पनि प्रियंकासँगको सम्बन्धलाई लिएर चर्चामा थिए । तर प्रियंका शाहिदभन्दा पहिले हरमन बावेजासँग अफेयरमा थिइन् । तर शाहिदको प्रवेशपछि हरमनसँगको सम्बन्ध तोडियो। प्रियंका र शाहिद बीचको सम्बन्ध पनि लामो समय टिकेन।

अभिषेक बच्चन – करिश्मा कपूर – सञ्जय कपूर

अभिषेक बच्चन र करिश्मा कपुर लामो समयदेखि प्रेम सम्बन्धमा थिए । कयौं पटक दुबैले यो सम्बन्धलाई स्विकारेका पनि छन्। यति सम्म कि दुई बीचको सम्बन्धलाई अमिताभले पनि स्वीकारेका थिए। अभिषेक र करिश्माको इन्गेजमेन्टसम्म हुने कुरा थियो। त्यतिकैमा करिश्माको जीवनमा सञ्जय कपूरको इन्ट्री भयो।

प्रकाशित : शनिबार, कार्तिक १३, २०७८२१:२९

सकियो ‘उचाइ’को नेपालको छायाङ्कन, अमिताभ आउन नसकेपछि आएका थिए ‘बडी डबल’