नोभेम्बर महिना यी राशिलाई धेरै अशुभ, महिनाभर रहनुपर्नेछ सावधान !

अक्टोबर महिनाको अन्तिम समय चलिरहेको छ। सोमबारबाटै नोभेम्बर महिना शुरु हुनेछ। अन्य महिना झैं नोभेम्बर महिनामा ग्रहचक्रमा विभिन्न परिवर्तन हुनेछन्। महिनाभर हुने विभिन्न ग्रहको राशि परिवर्तनले हरेक राशिमा भिन्न-भिन्न प्रभाव पर्नेछ।

ज्योतिष शास्त्रका अनुसार ग्रहचक्रमा हुने परिवर्तनले नै एक व्यक्तिको कुण्डलीमा प्रभाव पार्छ। नोभेम्बर महिनाभर मूख्य तीन ग्रहले राशि परिवर्तन गर्ने ज्योतिषीहरु बताउँछन् । निभेम्बर महिनामा सूर्य, बुध र बृहस्पतिले राशि परिवर्तन गर्नेछन्। त्यसो हुँदा ती राशि परिवर्तनले महिनाभर सम्पूर्ण राशिलाई प्रभाव पार्नेछन्। ज्योतिषीहरुका अनुसार नोभेम्बर महिना निम्न राशि हुनेहरुका लागि खासै शुभ रहने छैन।

धनु राशि

नोभेम्बर महिना धनु राशि हुनेहरुका लागि खासै राम्रो रहने देखिँदैन। पहिला गरिएका गल्तिहरुले दुख दिनेछन्। साना-साना कुराले पनि सम्बन्धहरु बिगार्न सक्ला। महिनाको शुरुवातमै आर्थिक समस्याले सताउनेछ। सकेसम्म नयाँ कार्य थालनी नगरेकै राम्रो होला। महिनाको मध्यपछि अवस्थामा सुधार आएपनि महिनाको अन्त्य सम्म पुग्दा जीवनमा समस्या बढेर जानेछ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्ने देखिन्छ। स्वास्थ्यले पनि साथ नदिन सक्छ।

कर्कट राशि

नोभेम्बर महिना कर्कट राशि हुनेहरुका लागि कष्टकर रहनेछ। शत्रुहरु हावी हुँदा समस्या नै समस्या रहनेछ। कार्यस्थलमा विभिन्न प्रकारका समस्या देखा पर्नेछन्। महिनाको मध्यमा स्वास्थ्य समस्याले सताउनेछ। चिसो देखि बच्न आवश्यक रहनेछ। आवेशमा काम गर्दा विवादमा परिनेछ। दाजुभाइमा केही असमझदारी देखापर्न सक्ने देखिन्छ। महिनाको अन्त्यमा यात्रा हुने देखिएपनि उपलब्धिमूलक भने हुनेछैन। अरूलाई दिएको वचनले समस्या पैदा गर्न सक्ने हुँदा सतर्क रहनु होला।

मीन राशि

अनावश्यक कार्यमा खर्च बढ्दा महिनाको शुरुवातमै आर्थिक समस्याले सताउनेछ। साना साना कुरामा अल्झिदा महत्वपूर्ण कार्य बिग्रिएको पत्तो हुने छैन। अरुको भर पर्दा काम बिग्रिनेछ। सजिलै विश्वास गर्ने बानिले पनि समस्यामा पार्न सक्ला। महिनाको अन्त्यमा कानुनी झमेलामा फस्न सकिने सम्भावना छ। प्रेम जीवन अस्तव्यत रहन सक्ला। परिवारजनबाट टाढिनुपर्ने अवस्था पनि रहन सक्ने देखिन्छ। सोचेको समयमा काम नबन्न सक्छ। गोपनियता बाहिरिन सकने हुँदा सतर्क रहनु होला।

कुम्भ राशि

नोभेम्बर महिना कुम्भ राशि हुनेहरुका लागि पछिल्ला महिनाहरु भन्दा अलि अशुभ रहनेछ। एक्कासी खर्च बढ्नेछ। आफ्नै भनिएकाहरुले धोका दिँदा मन विचल्लित रहनेछ। आफ्नो योजनाहरु कसैलाई नसुनाएकै राम्रो होला। महिनाको शुरुवातमा आर्थिक पक्ष राम्रै रहेपनि समय बित्दै जाँदा आर्थिक समस्या बढ्दै जानेछन्। अवसर प्राप्त भए पनि मेसो मिलाउन नसक्दा ठूलो नोक्सानी बेहोर्नुपर्नेछ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउने सक्लान्। महिनाको अन्त्यमा स्वास्थ्यमा समस्या देखिन सक्नेछ।

प्रकाशित : शनिबार, कार्तिक १३, २०७८२२:४६

नोभेम्बर महिना कुन राशिलाई शुभ, कुनलाई अशुभ ? हेर्नुहोस् मासिक राशिफल !