काठमाडौँ – हप्ताको पहिलो दिन नै सुनको मूल्य घटेको छ। कार्तिक लागेपछि लगातार बढी गत हप्ता केहि ओरालो लागेको सुनको मूल्य आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ७ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ३ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
सुन कार्तिक ५ गते पछिकै सस्तो
लगातार दुई दिन घटेसँगै सुन कार्तिक ५ गते पछि अथवा ९ दिन पछिकै सस्तो भएको छ। यस अगाडी सुनको मूल्य शुक्रबार पनि घटेको थियो। त्यस दिन सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले घटेको थियो।
चाँदीको मूल्य
आज सुनमात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु ५ ले घटेर १ हजार २ सय ४५ रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।