गोल गर्न सकेन भनेर आलोचना गर्नेहरुलाई रोनाल्डोको झाप्पड ! [भिडियो सहित]

एजेन्सी – गत हप्ता म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले धेरै आलोचना सुन्न पर्यो। लिभरपुलसँग लज्जास्पद हार बेहोर्दा एक गोल पनि गर्न नसकेपछि रोनाल्डोको चर्को आलोचना भएको थियो। तर रोनाल्डोले आफ्नो आलोचना गर्नेहरुलाई शनिबार दह्रो झाप्पड दिएका छन्।

प्रिमियर लिगमा टोटेनहम विरुद्ध रोनाल्डोले गोल गर्दै आलोचना गर्नेहरुको बोल्ती बन्द गरिदिए। युनाइटेडले टोटेनहमलाई ३-० को गोल अन्तरले पराजित गर्दा रोनाल्डोको प्रमुख भूमिका रह्यो।

प्रिमियर लिगका पछिल्ला चार खेलमा रोनाल्डोले गोल गर्न सकेका थिएनन्। प्रिमियर लिगमा एस्टन भिल्ला, एभर्टन, लेस्टर सिटी र लिभरपुल गरी ४ खेलमा रोनाल्डो गोल बिहिन् हुन पुगेका थिए। तर शनिबार रोनाल्डोको गोल खडेरी तोडेका छन्।

टोटेनहम विरुद्ध युनाइटेडले गरेका दुई गोलमा रोनाल्डोको भूमिका रह्यो। रोनाल्डोले ३९ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए। त्यस्तै खेलको ६४ औं मिनेटमा रोनाल्डोले काभानीका लागि गोलको अवसर दिलाइदिएका थिए।

पछिल्लो जितसँगै युनाइटेड प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ। युनाइटेडको १५ अंक छ। प्रिमियर लिगका १० खेल खेल्दा युनाइटेडले ५ खेलमा जितेको छ भने ३ खेलमा हार बेहोरेको छ। त्यस्तै दुई खेलमा भने युनाइटेड बराबरीमा रोकिएको छ।

प्रकाशित : आइतबार, कार्तिक १४, २०७८१२:०१

दुई दिन लगातार घटेपछि बढ्यो सुनको मूल्य ! कति ?