“पिएसजी गएर मेस्सीले राम्रो गरे”

एजेन्सी – एसी मिलानका दिग्गज स्ट्राइकर ज्लाटन इब्राहिमोभिकले लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी) गएर राम्रो चुनौतीलाई आत्मसाथ गरेको बताएका छन्। टेलिफुटसँग कुराकानी गर्नेक्रममा ज्लाटनले मेस्सी पिएसजी गएको विषयलाई आफूले सकारात्मक रुपमा लिएको बताएका हुन्।

ज्लाटनले मेस्सीले पिएसजी गएर राम्रो चुनौतीलाई आत्मसाथ गरेको र उनी महत्वाकांक्षी क्लबमा पुगेको बताए। पिएसजीमा जानु मेस्सीका लागि राम्रो चुनौती भएको ज्लाटनको भनाई छ।

“मेस्सीका लागि यो राम्रो चुनौती हो। उनले लामो समय पछि बार्सिलोना छाडेर केहि नयाँ गरे। उनले महत्वाकांक्षी क्लबमा गएर राम्रो गरे। उदाइरहेको क्लबमा गएर उनले राम्रो गरे।”,ज्लाटनले भने।

पिएसजीबाट ज्लाटनले पनि खेलेका थिए। उनी पिएसजीमा सन् २०१२ देखि सन् २०१६ सम्म रहेका थिए। त्यसक्रममा उनले पिएसजीबाट १ सय २२ खेल खेल्दै १ सय ३३ गोल गरेका थिए।

संघर्षरत मेस्सी

यसै सिजनमा पिएसजी पुगेका लियोनेल मेस्सी पिएसजीमा संघर्षरत छन्। पिएसजीमा गएपछि फ्रेन्च लिग वानमा मेस्सीले अहिले सम्म गोल गर्न सकेका छैनन्। पिएसजीका लागि लिग वानमा ५ खेल खेल्दा उनले खाता खोल्न सकेका छैनन्। च्याम्पियन्स लिगमा भने मेस्सीले ३ गोल गरिसकेका छन्।

प्रकाशित : सोमबार, कार्तिक १५, २०७८०८:५१

फेरी बार्सिलोना फर्किने मेस्सीको घोषणा !