काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य सामान्य रुपले बढेको छ। शुक्रबार र आइतबार दुई पटक लगातार घटेको सुनको मूल्य आज बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ८ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य
आज सुनमात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु ५ ले बढेर १ हजार २ सय ४५ रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

