लक्ष्मी पूजा सँगै नगर्नुहोस् यी भगवानको पूजा !

जब भगवान् लक्ष्मी र विष्णुको पूजा गरिन्छ त्यस समम लुनै पनि एउटा भगवानको पूजा गर्दा अर्काको नाम लिने गरिन्छ । तर तिहारको समयमा यस्तो गर्नु हुँदैन ।

सामान्यतया भगवान् शिव-देवी पार्वती र भगवान् विष्णु-माता लक्ष्मीको पूजा छुट्टा छुट्टै गरिंदैन । यदि कुनै पनि स्थानमा भगवान् शिवको पूजा गरिन्छ भने पूजामा कुनै पनि स्थानमा देवी पार्वतीको नाम पनि कुनै न कुनै स्थानमा आउने गर्दछ ।

त्यसैगरी भगवान् विष्णु वा माता लक्ष्मीको पूजा गर्दा अर्कोको पनि पूजा गरिन्छ । तब मात्र पूजाको पूर्ण फल प्राप्त हुन्छ। तर दीपावलीको दिन माता लक्ष्मीसँगै भगवान् विष्णुको पनि पूजा गरिँदैन । के तपाईले कहिले सोच्नु भएको छ यसको कारण के हो ?

तिहारमा धनकी देवी लक्ष्मीसँगै भगवान् गणेश र देवी सरस्वतीको पूजा गरिन्छ साथै कुबेर देवको पनि पूजा गरिन्छ, जसले गर्दा वर्षभरि धन, समृद्धि र बुद्धि प्राप्त हुन्छ । घरमा शुभ कार्य होस् र कुनै समस्या नहोस्। यो एक वर्षमा एक मात्र समय हो जब लक्ष्मीको पूजा गर्दा उनको पति भगवान् विष्णुको साथमा पूजा हुँदैन। यसको पछाडि धर्म पुराणमा विशेष कारण बताइएको छ ।

तिहारको दिन लक्ष्मीको साथमा धेरै देवताहरूको पूजा गरिन्छ, तर उहाँसँग भगवान् विष्णुको पूजा नगर्नुको कारण विशेष छ। वास्तवमा भगवान् विष्णु चतुर्मासमा निद्रामा रहन्छन् र तिहार पछि देवउठानी एकादशीमा मात्र उठ्छन्।

चतुर्मासमा दीपावली परेको हुनाले उनीहरुको निद्रामा भङ्ग नहोस् भनेर तिहारको समयमा देवी लक्ष्मीको पूजा गर्दा भगवान् विष्णुको पूजा गरिदैन । यस दिन देवी लक्ष्मीको नाममा गर तथा मन्दिरहरूमा धेरै सजावट गरिन्छ र फूल रङ्गोली सजाइन्छ।

प्रकाशित : सोमबार, कार्तिक १५, २०७८१२:०८

भोलि धनतेरसको दिन नछुटाई किन्नुहोस् यी पाँच वस्तु !