भोलि यस कम्पनीको आइपीओ बाँडफाँड हुदै, कसको भागमा कति?

काठमाडौँ – सामलिङ्ग पावर कम्पनी लिमिटेड कम्पनीको आइपीओ भोली (मंगलबार) बिहान ८ः३० बजे बाँडफाँड हुने भएको छ । यस कम्पनिले गत कात्तिक ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरको ७  लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुल्ला  गरेको थियो।  जसमध्ये पाँच प्रतिशतअर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँटफाँट गरेको र दुई प्रतिशतअर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीलाई छुट्याएको र बाँकी ६  लाख ७८ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले  आवेदन दिएका हुन्।

यस कम्पनिको आइपिओमा २२ लाख ६५ हजार ६९८ आवेदकले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका छन्। जसअनुसार १५  लाख ३५  हजारको हात खाली हुनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा  नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

कम्पनीले हाल इलाम जिल्लाको इलाम नगरपालिका र माइजोगमाई गाउँपालीका क्षेत्रमा पर्ने माई खोलामा कूल नौ दशमलव ५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु दुई अर्ब हुने र प्रतिमेगावाट लागत रु २१ करोड तीन लाख पाँच हजार हुने जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘केयरएनपी आइआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्वबहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ ।

प्रकाशित : सोमबार, कार्तिक १५, २०७८१८:२३

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, यी कम्पनीका शेयर हुने मालामाल !