काठमाडौँ, भारतको चर्चित टिभी रियालिटी शो ‘डान्स प्लस सिजन २’ का फाइनलिस्ट अर्थात् डान्सर सुशान्त खत्री सामाजिक संजालमा लाइभ आएर प्रहरीले आफुमाथि दुर्वाय्व्हार गरेको बताएका छन् ।
आइतबार राति ह्यालोविन पार्टीमा सहभागी भएर फर्किने क्रममा प्रहरीले बिनाकारण आफुलाई झापड हानेको उनले बताएका छन्।
राती अबेरसम्म क्लब खुलेपछि प्रहरीले बन्द गराउन लाग्दा सुशान्तले बिल तिरेर निस्कने बताएका थिए। तर एकजना भाइले ‘उहाँको बिल भइसक्यो’ भनेपछि पुलिसले उनको गर्धनमा समातेर घिसारेर बाहिर लगेको सुशान्तले लाइभमा आएर बताएका छन्। साथै प्रहरीले उनलाई कडा झापड हानेको बताएका छन्।
यस घटनामा सुशान्तले आफू चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।