सुन चाँदी मात्र होइन,आज धनतेरसमा ल्याउनुहोस् यी चिज, वर्ष भरिनै हुनेछ फलिफाप नै फलिफाप !

धनतेरसको दिन सुन-चाँदी किन्नु धेरै शुभ मानिन्छ तर यस बाहेक पनि यस्ता धेरै कुराहरु छन्, जसबाट वर्षभरि नै माता लक्ष्मीको कृपा रहिरहन्छ ।

आज (२ नोभेम्बर २०२१) धनतेरस पर्व मनाइँदैछ। दीपोत्सवअघि नै सजिएका बजारमा किनमेल गर्न बिहानैदेखि मानिसहरु आउन थालेका छन् । यस दिन सुन-चाँदी, तामा-पीतल, इलेक्ट्रोनिक सामान, घर-गाडी खरिद गर्ने चलन छ तर यसका अलावा धनतेरसको दिनमा यस्ता चिजको खरिद गर्नु पनि अत्यन्तै शुभ मानिन्छ । यी चीजहरू तुलनात्मक रूपमा सस्तो पनि छन् र धेरै फलदायी पनि साबित हुन्छन्। लक्ष्मीको कृपाले यी चीजहरू किन्दा वर्षभरि धनको वर्षा हुन्छ र तपाईको घरमा धनको अभाव नहुने मान्यता रहेको छ ।

पीतलका भाँडाहरू: धनतेरसको दिन भाँडाहरू किन्नु धेरै शुभ मानिन्छ तर यी भाँडाहरू शुद्ध धातुको हुनुपर्छ। जस्तै- सुन-चाँदी, पीतल वा तामा। सुन-चाँदीका भाँडाहरू किन्न नसक्ने भए काँसाका भाँडाहरू किन्नुहोस्। यसले तपाईको घरमा सुख र समृद्धि ल्याउनेछ। समुन्द्र मन्थनमा भगवान धन्वंतरी हातमा काँसाको कलश लिएर प्रकट भएको जनविश्वास छ । त्यसैले धनतेरसको दिन काँसाको भाँडो किनेर त्यसमा मिठाई वा चामल राखेर घरमा ल्याउनु निकै फाइदाजनक हुन्छ ।

गोमती चक्र: धनतेरसको दिन गोमती चक्र किन्नु धेरै शुभ मानिन्छ। धनमाल वृद्धि हुनुका साथै व्यापारमा लाभ मिल्ने देखिन्छ । धनतेरसको दिन गोमती चक्र किनेर साँझ पूजा गर्नुहोस् र पैसा राखिएको ठाउँमा राख्नुहोस्। यस्तो गर्नाले घरमा कहिले पनि धनको अभाव हुने छैन ।

खड़ा धनिया: धनतेरसको दिन खड़ा धनिया (पुरा धनिया) किन्न धेरै शुभ मानिन्छ। साँझमा लक्ष्मी, कुबेर देव र भगवान धन्वंतरीको पूजामा यो धनिया राख्नुहोस् र त्यसपछि यसलाई भाँडोमा रोप्नुहोस्। घर धनसम्पत्तिले भरिनेछ।

कुचो: घर सफा गर्नको लागी प्रयोग गरिने कुचोलाई माता लक्ष्मीको प्रतिक मानिन्छ । धनतेरसको दिन नयाँ कुचो ल्याएर पूजा गर्दा धेरै सुख र समृद्धि प्राप्त हुन्छ । यस दिन ल्याइएको कुचोले घरको नकारात्मकता पनि हटाउँछ। जसका कारण घरमा शान्ति छाउँछ  ।

प्रकाशित : मङ्गलबार, कार्तिक १६, २०७८१४:०९

तिहारमा यी वस्तुहरु उपहारको रुपमा झुक्किएर पनि नदिनुहोस् !