तिहारमा यी वस्तुहरु उपहारको रुपमा झुक्किएर पनि नदिनुहोस् !

नेपाली हिन्दुहरुले धेरै महत्वको साथ मनाउने तिहार विशेषले रौनक विस्तारै शुरु हुन थालेको छ। तिहार ५ दिन मनाइने गरिन्छ। तिहारको अन्तिम दिन भाइ टिका धेरै महत्वको साथ मनाउने चलन रहेको छ। यस दिन दिदी-बहिनीले आफ्नो दाजु-भाइको दिर्घायू र उत्तम स्वास्थ्यको लागि विभिन्न पूजन विधि सहित टिका लगाइदिने चलन रहेको छ।

यस दिन दिदी-बहिनीले टिका लगाइदिए पछि दाजु-भाइहरुले दक्षिणा सहित विभिन्न उपहारहरु दिने चलन रहेको छ। यस दिन उपहार दिँदा गरिएको गल्तीले धेरै नकारात्मक असर पर्ने गर्छ। निम्न उल्लेखित वस्तुहरु उपहारको रुपमा तिहारमा मात्र नभई कहिले पनि दिन हुँदैन।

उपहार दिँदा हिंसक जनावरहरूको चित्र भएको वस्तु कहिले पनि दिन हुँदैन। यस्तो उपहार दिँदा नकारात्मक शक्ति पैदा हुने गर्छ। साथै परिवारमा अशान्ति पनि छाउन सक्छ।

यस्तै कुनै पनि बेला उपहार दिँदा डुब्न लागेको जहाजको चित्र भएको उपहार दिन हुँदैन। यसो गर्दा उपहार लिने व्यक्तिलाई ठूलै आर्थिक नुक्सान आइलाग्न सक्छ। साथै यसो गर्दा ऋण पनि बढेर जान सक्छ।

उपहारको रुपमा धारिलो हतियार कहिले पनि लिन र दिन हुँदैन। यसो गर्दा यस्तो उपहार लिने व्यक्तिको घरमा पारिवारिक झमेला बढेर जान सक्ला। साथै उपहार लिने व्यक्तिमा नकारात्मक शक्तिको असर हुनाले क्रुर बन्न पनि सक्छ।

उपहार दिँदा कहिले पनि जुत्ता दिन नहुने मान्यता रहने गरेको छ। यसो गर्दा उपहार दिने र लिने दुबैको सम्बन्ध बिग्रन सक्छ। साथै दुवै बिचको दूरी बढ्न सक्छ।

कसैले कपडा उपहार दिने सोच गर्छ भने उसले कहिले पनि कालो रङ्गको कपडा उपहार दिन हुँदैन। यसरी कालो कपडा उपहार दिँदा शनिको प्रभाव बढेर दुख बढ्न सक्ने मान्यता रहेको छ।

प्रकाशित : मङ्गलबार, कार्तिक १६, २०७८१४:३४

कुन राशि कुन भगवानको प्रिय ?