में हुँ भन्ने यी खेलाडी जसले खाता समेत खोल्न सकेका छैनन्, सूचीमा छन् मेस्सी पनि !

एजेन्सी – सन् २०२१-२२ को फुटबल सिजन शुरु भएको ३ महिना भन्दा बढी समय भैसकेको छ। युरोपका शिर्ष लिगहरुमा नयाँ सिजनका ९ भन्दा बढी खेल सकिएको अवस्थामा धेरै खेलाडीहरु उच्च लयमा देखिएका छन्।

नयाँ सिजन शुरु हुँदा किलियन एम्बाप्पे, करिम बेन्जेमा, मोहम्मद सलाह, रोबर्ट लेवान्डोस्की जस्ता खेलाडीहरु विभिन्न लिगहरुमा लगातार गोल गरिरहेका छन्। तर नाम चलेका र धेरै आशा गरिएका केहि खेलाडीहरुले भने नयाँ सिजन शुरु भएपछि खाता समेत खोल्न सकेका छैनन्। धेरैले अपेक्षा गरिएपनि खाता खोल्न नसकेका चर्चित खेलाडीहरु निम्न छन्।

निकोलस पेपे

निकोलस सन् २०१९ मा फ्रेन्च क्लब लिलबाट आर्सनल आएका थिए। उनलाई आर्सनलले ७२ मिलियन पाउण्ड खर्च गरेर ल्याएको थियो। उच्च अपेक्षा गरिएका उनले आर्सनका लागि राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। गएका सिजनहरुमा पनि खासै राम्रो प्रदर्शन गर्न नसकेका उनले नयाँ सिजन शुरु भएपछि प्रिमियर लिगमा खाता खोल्न समेत सकेका छैनन्।

इडेन हाजार्ड

हाजार्ड चेल्सीबाट सन् २०१९ मा १ सय मिलियन युरोमा रियल म्याड्रिड पुगेका थिए। त्यसयता उनले खासै राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। रियल पुगेपछि लगातार घाइते हुँदै आएका उनले नयाँ सिजन शुरु भएपछि पनि सन्तोषजनाका प्रदर्शन गर्न सकेका छैनन्। हाजार्डले रियलबाट अहिले सम्म ५३ खेल खेलिसक्दा मात्रै ५ गोल र ९ असिस्ट दिएका छन्। तर नयाँ सिजन शुरु भएपछि भने उनले खाता खोल्न बाँकी छ।

जाडोन सान्चो

सान्चो यसै सिजन बोरुसिया डर्टमुन्डबाट म्यानचेस्टर युनाइटेड पुगेका हुन्। डर्टमुन्डमा हुँदा धेरै राम्रो प्रदर्शन गर्न सकेका उनलाई प्रिमियर लिगमा भने उनलाई टिक्न गार्हो परिरहेको छ। उनले युनाइटेडका लागि ७ प्रिमियर लिग, ३ च्याम्पियन्स लिग र एक कप खेल गरी ११ खेल खेलिसक्दा पनि खाता खोल्न सकेका छैनन्।

लियोनेल मेस्सी

यसै सिजन फ्री ट्रान्सफरमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका मेस्सी पिएसजीमा घुलमिल हुन संघर्ष गरिरहेका छन्। पिएसजीले मेस्सीबाट जे अपेक्षा गरेको थियो, त्यो पाइरहेको छैन। मेस्सीको उपस्थितले पिएसजी धेरै बलियो टोली हुने अपेक्षा गरिएपनि मेस्सी पूर्ण लयमा देखिँदैनन्। च्याम्पियन्स लिगमा ३ गोल गरेपनि मेस्सीले फ्रेन्च लिग वानमा खाता खोल्न बाँकी छ।

प्रकाशित : मङ्गलबार, कार्तिक १६, २०७८१६:०८

च्याम्पियन्स लिग: आज पनि गर्लान् रोनाल्डोले युनाइटेडको उद्धार ? खेल कुन च्यानलमा हेर्ने !