प्रेमिका वा पत्नीको यी अंगमा लुकेको हुन्छ हरेक पुरुषको वर्तमान र भविष्य !

ज्योतिषशास्त्रका अनुसार कुनै पनि महिला वा पुरुषले विवाह अगावै आफ्नो शुभ लक्षणहरुको बारेमा थाहा पाएमा वैवाहिक जीवन खुशी र सुखी रहन सक्छ। हिन्दूशास्त्र अनुसार महिलाहरुलाई घरमा लक्ष्मीको दर्जा दिईने गर्छ ।

महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास  हुने भएकाले पनि उनीहरुलाई यस्तो दर्जा दिने गरिएको हो। कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गर्ने गरिएमा लक्ष्मीको श्राप मिल्ने र दुख कष्टको साथै आर्थिक संकटले घेर्ने गर्छ।

ज्योतिष शास्त्रको अनुसार महिलाको शरीरको कुनै पनि भागले धेरै कुरा संकेत गरिरहेको हुन्छ। उनीहरुको शरिरका हुने केही संकेतले पतिको भविष्य बताउने गर्छ। आज हामी तपाईहरुलाई पत्नीको त्यस्तो अंगको बारेमा बताउन जाँदै छौँ जहाँ उसको पतिको भविष्य बस्ने गर्छ।

समुन्द्रशास्त्रमा उल्लेख भए अनुसार यदि कुनै पनि युवतीको पुरुषको जस्तै जुँगाको रौँ छ भने उक्त युवती क्रोधी स्वभावकि हुन्छन र अन्य व्यक्तिको मुखबाट आफ्नो आलोचना भएको सहन सक्दैन्न।

यस्ता महिलाहरु पतिको घरमा समेत आफ्नो हैकम जमाएर सबैलाई अधिनमा राख्ने प्रयास गर्नेछन्। उनीहरु आफ्नो घरको सर बागडोर सम्हाल्ने सपना बोक्ने गर्छन।

यदि कुनै महिलाको बुढी औंला ठूलो र चोर औंला सानो भएमा उनीहरु अरुको गुलाम हुन्छन् । त्यसैगरि चोर औंला माझी औंला भन्दा ठूलो छ भने यस्तो जातकका स्त्री गरिब परिवारबाट हुन्छन् तथा जातकलाई त्यसबाट सुख मिल्दैन । तर चोर औंला माझी औंला भन्दा छोटो हुने महिलाहरु निकै भाग्यमानी हुन्छन भनेर जान्न आवश्यक हुन्छन। यस्ता युवती विहे गर्ने पुरुषको समेत भाग्य चम्किने गर्छ।

यदि पत्नीको सिउँदो सिधा छ भने उनको पति पनि निकै भाग्यमानी हुन्छ र पत्नी उसको लागि निकै शुभ हुने गर्छिन। तर दुई सिउँदो राख्ने युवतीहरुले भने आफ्नो जिवनमा आफैले दुर्घटना निम्त्याउन खोजेको संकेत गर्दछ। त्यसैगरी जो महिला पैताला उठाएर हिंड्ने गर्छिन उसको जीवन संघर्ष पूर्ण रहेको संकेत रहने गर्छ। यसकासाथै उनको चालचलनले घरपरिवारका सदस्यले समेत विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन्छ।

प्रकाशित : मङ्गलबार, कार्तिक १६, २०७८२२:४५

आज काग तिहार, कागलाई के खुवाउने ?