सुखी आनन्दको जीवन बिताउन सबैलाई इच्छा हुने गर्दछ तर घरमा भएको केही वास्तुदोषको कारणले गर्दा जीवनमा अनेक बाधाहरुले सताउने गर्दछ । यस्तै वास्तुशास्त्र अनुसार घरमा यी चिजहरु राख्नाले धनको कमि नहुने बताईएको छ ।
१. घरको उत्तर दिशामा पानीले भरिएको खुत्रुके राख्नुहोस् । सधै लक्ष्मी जीको कृपा भईराख्ने छ । यदि यस्तो सम्भव छैन भने उत्तर दिशाको भित्तामा झरनाको तस्वीर लगाउदा पनि हुनेछ ।
२. घरमा सुख शान्ति बनाई राख्नको लागी हनुमान जीको मूर्ति या उनको तस्वीरलाई दक्षिण पश्चिम दिशामा राख्नुहोस् ।
३. घरको मुख्य ढोकाको महत्व वास्तु शास्त्रमा सबैभन्दा अधिक मानिएको छ । घरको मुख्य ढोकामा देवी लक्ष्मी,भगवान गणेश र स्वास्तिकको चिन्ह लगाउनुहोस् ।
४. तपाई आफ्नो घरको जुन भागमा सबैभन्दा धेरै आफ्नो समय बिताउनु हुन्छ त्यस ठाउँमा एक क्रिस्टल बल राख्नुहोस् ।
५ घरमा तामा, पीतल, पत्थर या पन्च धातुको पिरामिड राख्नुहोस् । यसबाट घरमा भएको वास्तु दोष हटेर जाने गर्दछ ।