काठमाडौँ : केही अशुभ घटना घट्नेवाला छ भने त्यसको बारेमा सबैभन्दा पहिले जनावरलाई थाहा हुने कुरा गाउँघरमा सुनिन्छ। यति मात्र नभई जनावरले हाम्रो भविष्य र वर्तमानको बारेमा पनि सङ्केत दिन्छन्। जनावरहरुमध्ये मानिसको सबैभन्दा नजिकको जनावर कुकुर हो। कुकुरले कसरी हामीलाई सही गलतको बारेमा सङ्केत दिन्छ त ?
यदि तपाई कतै यात्रामा जाँदै हुनुहुन्छ र तपाई यात्रामा निक्लनु अघि तपाई देखेर कुकुर भुक्छ या तपाईको वरिपरी घुमेर बस्छ भने सोच्नुस् तपाईको यात्रामा धन हानिको सम्भावना प्रबल छ।
तपाईको सामनेबाट यदि कुकुर मुखमा रोटी बोकेर जान्छ भने यसको मतलब यो हुन्छ कि तपाईलाई धन लाभ हुने वाला छ।
कुनै घरमा यदि कुकुर छ र त्यो लगातार आकाशमा हेरिरहन्छ भने त्यस घरको पुरुषलाई सुन्दर स्त्री र धन प्राप्तिको योग बनिरहेको हुन्छ।
यदि कुकुर आफ्नो जिब्रोले तपाईको दायाँ(दाहिने) तर्फका अंग चाट्छ भने यसको मतलब हुन्छ तपाई कुनै काममा सफल हुनुहुनेछ। यदि जिब्रोले पेट छोईरहेको छ भने तपाईलाई केही लाभ हुनेवाला छ। -एजेन्सी