शरीरमा हुने अंगको बनावट देखि लिएर शरीरको आकारलाई लिएर समुन्द्र शास्त्रले एक व्यक्तिको व्यवहारको बारेमा बताउने गर्छ। ज्योतिष शास्त्र, वास्तुशास्त्र, र समुन्द्रशास्त्रले विभिन्न तथ्यहरुलाई आधार बनाएर एक व्यक्तिको भविष्य मात्र नभई व्यवहार पनि बताउने गर्छ।
पुरुषहरुको शरीरमा महिलाहरुको भन्दै बढीनै कपाल अथवा रौं हुन्छ। समुन्द्रशास्त्रका अनुसार पुरुषको शरीरमा हुने रौंको आधारमा उसको व्यवहार छुट्याउन सकिन्छ।
समुन्द्रशास्त्रको अनुसार छातीमा कपाल हुने पुरुषहरु शारीरिक रुपमा बलियो हुन्छन्। साथै यौनको मामलामा पनि यस्ता पुरुषहरु अन्य पुरुष भन्दै अगाडी र स्वस्थ हुन्छन्।
छातीमा सामान्य भन्दा ज्यादा कपाल हुने पुरुषहरु बोलिको पक्का हुने समुन्द्रशास्त्रको मान्यता छ। साथै यस्ता पुरुषहरु वफादार पनि हुनेछन्। परिश्रमको मामलामा पनि यस प्रकारका पुरुषहरु अन्य पुरुषहरु भन्दा अगाडी हुन्छन्।
भावुक र उदार स्वभावका कारण यस्ता पुरुषहरु महिलाहरुको नजरमा छिट्टै पर्छन्। साथै त्यति मात्र नभई महिलाहरुसंग यस्ता पुरुषहरु छिट्टै घुलमिल हुन्छन्। तर समुन्द्रशास्त्रका अनुसार यस प्रकारका पुरुषको भाग्यमा रिसाहा श्रीमती लेखिएको हुन्छ।