आज दीपावलीमा मंगल, सूर्य, बुध र चन्द्रमाको यस्तो योग, यी ५ राशिमा लक्ष्मीको रहनेछ विशेष कृपा !

आज कार्तिक मासको अमावस्या हो। आज नै दिवालीको महापर्व हो। ग्रहको राशि परिवर्तनले सबै राशिलाई असर पर्छ। ज्योतिष शास्त्रमा हरेक  ग्रहको राशि परिवर्तनको धेरै महत्व हुन्छ। यी परिवर्तको आधारमा ज्योतिषीय गणना गरेर भविष्यवाणी गरिन्छ। ग्रहको योगले व्यक्तिलाई शुभ फल दिन्छ भने कहिले अशुभ फल दिने गर्दछ । ग्रहको राशि परिवर्तनले जीवनमा सफलता ,पेसा र धन प्राप्ति हुनेछ। यसपटकको दीपावली निकै विशेष र शुभ रहनेछ । वास्तवमा दीपावलीको अवसरमा यसपटक चार ग्रहको योग बनिरहेको छ । ग्रहको  यो संयोगलाई निकै शुभ मानिन्छ । यी ग्रहहरूको संयोजनले केही राशिलाई शुभ फल दिनेछ। थाहा पाउनुहोस् यी  राशिका कुन कुन  :-

मिथुन राशि: पाँचौं भावमा ग्रहको यस संयोजनको कारण मिथुन राशिका व्यक्तिको बौद्धिक विकास हुनेछ। मिथुन राशिका व्यक्तिको भविष्यको लागी निकै शुभ रहनेछ । यस अवधिमा तपाईं आफ्नो भविष्यको उचाईमा पुग्न सक्नुहुन्छ।  शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिले राम्रो नतिजा पाउनेछन्।

कर्क राशि: कर्कट राशिको चौथो भावमा चार ग्रहको योग बनिरहेको छ। यस अवधिमा तपाईंको पारिवारिक जीवनमा खुशी रहनेछ। घरको आर्थिक स्थितिमा सुधार आउनेछ र आर्थिक लाभ  मिल्नेछ। दीपावलीको अवसरमा सवारी साधन खरिद गर्न सक्नुहुन्छ । कर्कट राशि भएका व्यक्तिले सम्पत्ति बेचेर पनि नाफा कमाउन सक्नुहुन्छ।

कन्या : चार ग्रहको योगले कन्या राशिका मानिसलाई मान सम्मान मिल्नेछ । यस अवधिमा सम्पत्तिमा पनि वृद्धि हुनेछ। कन्या राशिका व्यक्तिले भविष्यसँग सम्बन्धित कुनै पनि महत्त्वपूर्ण निर्णय लिन सक्नुहुन्छ। कन्या राशिका व्यक्तिले यस अवधिमा कुनै पनि कुरामा आवेगमा आउन जरुरत छैन।

धनु: धनु राशिका व्यक्तिको एघारौं भावमा सूर्य, मंगल, बुध र चन्द्रमाको संयोगले विशेष लाभ मिल्नेछ। यदि यस राशिका मानिसको व्यापार छ भने व्यापारबाट लाभ मिल्नेछ। यति मात्र नभई दीपावलीको अवसरमा बहुमूल्य उपहारहरू पनि प्राप्त हुने सम्भावना छ।

मकर: चार ग्रहको योगले मकर राशिका व्यक्तिलाई सफलता दिनेछ। दिपावलीको अवसरमा पिताबाट पनि लाभ मिल्नेछ। तपाईले भविष्यमा अहिले सम्म जति समस्याहरू सामना गरिरहनु भएको थियो, त्यो सबै पार हुनेछ। मकर राशिका व्यक्तिहरूले चाहेमा आफ्नो कुनै पनि व्यवसाय सुरु गर्न सक्छन्।

 

 

 

 

 

 

 

 

 

प्रकाशित : बिहिबार, कार्तिक १८, २०७८१५:२४

भोलि गोवर्धन पुजा , तपाईको दिन शुभ-अशुभ कस्तो रहला ? हेर्नुहोस् राशिफल !