ग्वार्डियोला भन्छन् – ‘रोनाल्डो ७५ वर्षमा पनि गोल गर्न सक्छन्, कम्जोर सोचेर गल्ति गर्दिन’

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डियोलाले क्रिस्टियानो रोनाल्डोलाई कहिले पनि कमजोर आँक्न नहुने बताएका छन्। प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको सामना गर्नु अगाडी पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिनेक्रममा ग्वार्डियोलाले रोनाल्डोलाई कहिले अनि कम्जोर आँक्न नहुने बताएका हुन्।

ग्वार्डियोलाले रोनाल्डो ७५ वर्ष उमेरमा गोल गर्न सक्ने बताए। रोनाल्डो जुन सुकै बेला गोल गर्न सक्ने क्षमता राख्ने हुँदा उनलाई कम्जोर आँकेर आफू गल्ति नगर्ने ग्वार्डियोलाको भनाई छ।

“उनले जीवनभर गोल गर्नेछन्। उनी ७५ वर्षको होलान्, अथवा सन्यास लेलान्, तर उनले गोल गर्न भने छाड्ने छैनन्।”,म्यानचेस्टर डर्बी अगाडी पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै ग्वार्डियोलाले भने।

गएको दशकमा गोल पछि गोल गरेका लियोनेल मेस्सी र रोनाल्डो जस्ता खेलाडीहरु बारे धेरै बोलिरहनु नपर्ने ग्वार्डियोला बताउँछन्। उनका अनुसार मेस्सी र रोनाल्डोले गएको दशकमा गरेको गोलले सबै कुरा स्पष्ट पार्ने उनको भनाई छ।

“मेस्सी-रोनाल्डो जस्ता खेलाडीहरुले गएको दशकमा विश्व फुटबलका लागि जे गरे, त्यो भनिरहनुपर्दैन। उनीहरुले आफ्नो टिमलाई जिताउन गरेको गोलले नै सबै कुराको जवाफ दिन्छ।”,उनले भने।

त्यस्तै ग्वार्डियोलाले रोनाल्डो आउनु प्रिमियर लिगका लागि राम्रो कुरा रहेको पनि बताए। युनाइटेड र रोनाल्डो एक अर्काको परिपुरक रहेको उनको भनाई छ। उनले भने,”उनी फिर्ता हुनु प्रिमियर लिगको लागि राम्रो हो। युनाइटेड क्रिस्टियानोको हो र क्रिस्टियानो युनाइटेडको हो।”

प्रकाशित : शनिबार, कार्तिक २०, २०७८०९:५२

सिटीसँग युनाइटेड पराजित: रोनाल्डोको मात्रै एक शट अन टार्गेट, त्यो पनि फेल खायो !