वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
यो सातामा तपाईमा काम गर्ने जोस जागर बढ्ने छ । लामो समय देखी रोकिएको धन प्राप्त हुनुको साथै नायाँ काम प्राप्त हुनेछ । काममा साथी भाइको साथ सहयोग प्राप्त हुनेछ । यस साथ चोट पटकको सभाना भएको हुँदा यात्रा गर्दा विशेष सावधान अपनाउनु होला । यस साता कुनै पनि शुभ कार्य गर्दै हुनु हुन्छ भने भगवान शिवको पूजा आरधना गरेर सुरुवात गर्दा शुभ हुनेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
साताको सुरुवातमा नै शुभकार्यको चर्चा चल्नेछ । व्यवसाको सिलसिलामा यात्राको सम्भावना रहेको छ । तपाइले यस सातमामा परिश्रम गरे अनुसारको फल राम्रो प्राप्त गर्नु हुनेछ । विभिन्न क्षेत्रमा लगानी गर्ने शुभ अवसर मिल्ने छ । यस साता राम्रै भए पनि काममा नजिकको मित्रबाट काममा विभिन्न किसिमको बाधा हुनसक्छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
यस साता प्रेम सम्बन्ध सुमधुर हुनेछ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध हुनेछ । यस सातमा गरेका कामबाट प्रशस्तै लाभ हुनेछ साथै यस सातमा कुनै पनि कार्यमा लगानी गर्दा लाभ हुने सम्भावाना रहेको छ । यस साताबाट तपाईको आम्दानिको स्रोत बढ्ने छ । यस सातामा कुनै पनि शुभ कार्यको थालनी गर्दै हुनुन्छ तथा कतै यात्रामा जादै हुनुन्छ भने माता सरस्वतिको पूजा आरधना गरेर यात्रा गर्दा शुभ हुनेछ
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
यस सातमा तपाईको मन धार्मिक कार्यमा लाग्नेछ । विभिन्न क्षेत्रमा गरेको लगानी उठाउने अवसर प्राप्त हुनेछ । कन्या राशिका व्यक्तिहरूले यो साता आफन्त र परिवारको पूर्ण सहयोग प्राप्त गर्नेछन्। परिवार र परिवारसँग सम्बन्धित कुनै पनि ठूला निर्णय लिँदा दाजुभाइ दिदीबहिनीले तपाईलाई पूर्ण साथ दिनेछन् । लामो समयदेखिको समस्याको समाधान फेला पर्दा तपाईले ठूलो राहत महसुस गर्नुपर्छ। साताको मध्यमा वरिष्ठ व्यक्तिसँग भेटघाट हुनेछ, जसबाट तपाईले आफ्नो सपना पूरा गर्न ठूलो कदम अवसर मिल्नेछ ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
वृश्चिक राशिका लागी यो साता नयाँ अवसर जुट्ने छ । साताको प्रारम्भमा करियर–व्यवसायमा केही शुभ समाचार सुन्न पाइनेछ । लामो समयदेखि बेरोजगार रहेकाले रोजगारी पाउन सक्नेछन् । व्यापार व्यवसायमा राम्रो लाभ हुने सम्भावना छ । अचानक ठुलो हानि हुन सक्छ । वरिष्ठ व्यक्तिको उपस्थितिमा सम्पत्ति सम्वन्धि विवाद समाधान हुनेछ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। परीक्षा-प्रतियोगिताको तयारीमा जुटेकाले केही खुसीको खबर सुन्न पाइनेछ। साताको अन्त्यमा सन्तान पक्षबाट केही शुभ समाचार सुन्न सकिनेछ। प्रेम सम्बन्ध विवाहमा परिणत हुन सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
धनु राशि हुनेहरुका लागी यो साता सुख र सौभाग्यले भरिएको छ । यो साता असल साथीभाइसँग खुसी मनाउने अवसर मिल्नेछ। तपाई परिवारसँग लामो वा छोटो दूरीको यात्रामा पनि जान सक्नुहुन्छ। कार्यस्थलमा मान सम्मान बढ्नेछ । वरिष्ठहरूले तपाईको कामको प्रशंसा गर्नेछन्। बजारमा अड्किएको पैसा प्राप्त हुँदा व्यवसायी गर्नेहरु निकै राहत महसुस गर्नेछन् । जग्गा तथा भवनको खरिदबिक्री सम्बन्धी ठूलो निर्णय लिन सकिनेछ । प्रेम सम्बन्ध बलियो हुनेछ र आपसी विश्वास बढ्नेछ। जीवनसाथीसँग राम्रो पल बिताउने अवसर मिल्नेछ
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
कुम्भ राशिका लागी यो साता निकै राहत दिन सक्छ । साताको प्रारम्भमा लामो समयदेखि चलिरहेको समस्या समाधान हुँदा धेरै राहतको अनुभूति हुनेछ। तपाईको मिहिनेतले महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ। यो साता तपाई आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ र तपाईको व्यक्तित्व प्रस्ट हुनेछ। साताको मध्यमा केही शुभ कार्यमा संलग्न हुने सम्भावना छ । आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। साताको उत्तरार्धमा घरमा प्रिय सदस्यको आगमनले परिवारमा खुशीको वातावरण रहनेछ। यस अवधिमा पुरानो साथीसँग पनि भेटघाट हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउने र दाम्पत्य जीवनमा मधुरता रहनेछ।