अब छिट्टै यस कम्पनीको आइपिओ खुल्दै, कत्ति कित्ता भर्ने?

काठमाडौँ, कार्तिक २२ ।  हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणको लागि सस्तो दरमा आईपीओ निष्कासन गर्ने भएको छ। यस कम्पनीले ५० रुपैयाँका दरले (आईपीओ) निष्कासनको तयारी सुरु गरेको हो।

सामान्यतया जुनसुकै कम्पनिहरुले आफ्नो शेयर प्रतिकित्ता सय रुपैयाँका दरले सर्वसाधारणहरूलाई निष्कासन गर्दै आएको  छ । तर यस कम्पनीले भने सस्तो अर्थात् ५० रुपैयाँको दरमा शेयर निष्कासन गर्ने भएको हो ।

हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणको लागि १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ  ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री वितरणका लागि  बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रकाशित : सोमबार, कार्तिक २२, २०७८१३:३८

नेप्सेमा उच्च अङ्कको गिरावट: डुबे यी कम्पनीमा लगानी गर्ने !