कार्गो व्यवसायी अधिकारी १६ वर्षीया किशोरी ब-लात्कार आरोपमा पक्राउ!

सांकेतिक तस्विर

२२ कात्तिक, काठमाडौं । कार्गो व्यवसायी मनोज अधिकारी ठमेलबाट पक्राउ परेका छन् । कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फरवार्डस् संघका अध्यक्ष अधिकारी ब-लात्कार आरोपमा पक्राउ परेका हुन्।

कमलपोखरी प्रहरीमा जबरजस्ती करणी गरेको आरोपमा  किटानी जाहेरी दर्ता भएपछि महानगरीय प्रहरी वृत्त, कमलपोखरीको टोलीले उनलाई पक्राउ गरेको हो।

अध्यक्ष अधिकारीमाथि १६ वर्षीया किशोरीलाई रातोपुलस्थित एक रेष्टुरेन्टमा जबरजस्ती करणी गरेको अभियोग छ । यो घटना  ८ कात्तिकको हो । कमलपोखरी प्रहरीले  यस घटनाबारे  अनुसन्धान गरिरहेको छ।

प्रकाशित : सोमबार, कार्तिक २२, २०७८१४:०८

विद्यार्थी नेता अधिकारीको निधन!