लेजेण्डको नजरमा मेस्सी-रोनाल्डोले होइन यिनले जित्नुपर्छ बालोन डी’ओर, नत्र आफैं अवार्ड दिने घोषणा !

एजेन्सी – बार्सिलोना लेजेण्ड लुइस स्वारेजले यस वर्षको बालोन डी’ओरको वास्तविक हकदार रोबर्ट लेवान्डोस्की रहेको बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा सुआरेजले यस वर्षको बालोन डी’ओरको उपाधि लेवान्डोस्कीलाई दिइनुपर्ने बताएका हुन्।

सुआरेजले लेवान्डोस्कीलाई बालोन डी’ओर नदिइए आफूले छुट्टै अवार्ड दिने पनि बताए। सुआरेजले भने,”लेवान्डोस्कीलाई बालोन डी’ओर दिनुपर्छ। यदि त्यस्तो भएन भने म दिन्छु। “

सुआरेज तीनै खेलाडी हुन् जसले बार्सिलोनाबाट पहिलो पटक बालोन डी’ओर जितेका थिए। सुआरेजले सन् १९६० मा बालोन् डी’ओर जितेका थिए। उनी बालोन डी’ओर जित्ने पहिलो बार्सिलोना खेलाडी हुन्।

सुआरेज बार्सिलोनामा सन् १९५५ देखि १९६१ सम खेलेका थिए। त्यसक्रममा उनले बार्सिलोनालाई घरेलु लिग देखि युरोपियन च्याम्पियनशिप सम्म दिलाएका थिए। जसका लागि उनलाई बालोन डी’ओर दिइएको थियो।

लेवान्डोस्कीले जित्ने सम्भावना कति ?

लेवान्डोस्की यस वर्ष बालोन डी’ओरको प्रमुख दाबेदार रहेका छन्। गएको केहि वर्ष देखि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका उनले गत वर्ष बायर्न म्युनिखबाट ४० खेलमा ४८ गोल गरेका थिए।

सिजन सन् २०१९-२० मा ५५ गोल गरेका थिए। लेवान्डोस्की गएको वर्ष फिफा सर्वश्रेष्ठ पुरुष खेलाडी घोषित भएका थिए। तर कोरोना महामारीका कारण गएको वर्ष बालोन डी’ओर स्थगित भएको थियो। यस वर्ष पनि लेवान्डोस्कीले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिरहेका छन्। बायर्नका लागि १७ खेल खेल्दा उनले २३ गोल गरिसकेका छन्।

प्रकाशित : सोमबार, कार्तिक २२, २०७८१७:३४

मेस्सीलाई ट्रेन गर्ने जाभीको चाहना, प्रशिक्षक बनेपछि मेस्सीले यस्तो सन्देश पठाएको गरे खुलासा !