यादवको चेतवानी – ‘संविधान संशोधन नभए अर्को संविधान बनाउँछौँ’

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए जनताले नयाँ संविधान बनाउने चेतवानी दिएका छन्। सोमबार रुपन्देहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा यादवले संविधान संशोधन नभए जनता आफैंले नयाँ संविधान बनाउने बताएका हुन्।

रुपन्देहीको धकधईमा जसपाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संविधान त्रुटिपूर्ण रहेकाले संशोधनमार्फत र यसमा भएका कमी–कमजोरी सच्याउनुपर्ने बताए। कांग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण रहेको उनको भनाई छ।

“कांग्रेस र कम्युनिष्ट मिलेर बनाएको संविधान त्रुटिपूर्ण छ। यसलाई संशोधन गर्नुपर्छ अन्यथा जनताले अर्को संविधान बनाउँछन्।”,यादवले भने। त्यसै यादवले राज्य संरचनामा परिवर्तनको आवश्यकता रहेको पनि बताए।

उच्चस्तरीय राज्य पुनःसंरचना आयोगको प्रतिवेदन अनुसार देशमा १० प्रदेश हुनुपर्ने धारणा यादवले राख्ने। खर्चिलो निर्वाचन प्रणालीका कारण आमजनतालाई निर्वाचनमा उम्मेदवार बन्न समस्या भएको पनि यादवले बताए।

प्रकाशित : सोमबार, कार्तिक २२, २०७८१९:००

फजुल खर्च घटाउँछौँ : मुख्यमन्त्री पाण्डे