मेस्सीलाई ट्रेन गर्ने जाभीको चाहना, प्रशिक्षक बनेपछि मेस्सीले यस्तो सन्देश पठाएको गरे खुलासा !

एजेन्सी – बार्सिलोनाका नवनियुक्त प्रशिक्षक जाभीले लियोनेल मेस्सीबाट शुभकामना सन्देश प्राप्त भएको जानकारी गराएका छन्। बार्सिलोनाको प्रशिक्षकको रुपमा सार्वजनिक प्रस्तुत हुनेक्रममा जाभीले मेस्सीबाट शुभकामना सन्देश प्राप्त भएको जानकारी गराएका हुन्।

रोनाल्ड कोम्यान बर्खास्त भएपछि बार्सिलोनाको जिम्मेवारी सम्हाल्न बार्सिलोना पुगेका जाभीले मेस्सी, रोनाल्डिन्हो र इटो जस्ता खेलाडीहरुको प्रशिक्षक हुने चाहना रहेको बताए। मेस्सीलाई व्यवस्थापन गर्ने चाहना छ भनेर प्रश्न गरिँदा जाभीले यस्तो बताएका हुन्। त्यसक्रममा उनले मेस्सीबाट शुभकामना प्राप्त भएको खुलासा गरे।

“हो, म मेस्सी, इटो रोनाल्डिन्होको प्रशिक्षक बन्न चाहन्छु। तर उनीहरु कोहि पनि यहाँ छैनन्। मेस्सी मेरो धेरै राम्रो साथि हुन्। मेस्सीले मलाई शुभकामना सन्देश पठाएका छन्।”,जाभीले भने। जाभीले बार्सिलोनामा नरहेका खेलाडीहरु बारे धेरै सोच्न नहुने बताए। उनले भने,”हामी यहाँ नभएका खेलाडीहरूको बारेमा धेरै सोच्दैनौ।”

बार्सिलोना खराब अवस्थाबाट गुज्रिरहेको र संकटग्रस्त समयमा जिम्मेवारी सम्हाल्न आइपुगेका कारण आफूले धेरै चुनौतीहरुको सामना गर्नुपर्ने पनि जाभीले बताए। हरेक प्रकारका चुनौतीको सामना गर्न आफू तयार रहेको उनको भनाई छ। बार्सिलोनाले यस भन्दा अगाडी पनि आफूलाई प्रशिक्षक बन्न आग्रह गरेको खुलासा जाभीले गरे।

उनका अनुसार बार्सिलोनाले यस भन्दा अगाडी दुई पटक प्रशिक्षकको जिम्मेवारी स्वीकार्न आग्रह गरेको थियो। दुवै प्रस्ताव सहि समय नआएका कारण अस्विकार गरेको उनको भनाई छ।

प्रकाशित : सोमबार, कार्तिक २२, २०७८२१:१६

जाभी भन्छन् – ‘डेम्बेले विश्वको उत्कृष्ट हुन सक्छन’