एजेन्सी – बार्सिलोनाका नवनियुक्त प्रशिक्षक जाभीले ओस्मान डेम्बेले आफ्नो योजनाको केन्द्रमा हुने संकेत गरेका छन्। बार्सिलोनाको प्रशिक्षकको रुपमा सार्वजनिक प्रस्तुत हुनेक्रममा जाभीले डेम्बेले आफ्नो योजनाको हिस्सा हुने संकेत गरेका हुन्।
जाभीले डेम्बेले माथि धेरै अपेक्षा राखेको र ती अपेक्षाहरु पूरा हुन बाँकी रहेको बताए। क्लबले राखेका सम्पूर्ण अपेक्षा पूरा गर्ने क्षमता डेम्बेलेमा रहेको जाभीको भनाई छ।
“डेम्बेलेबाट बार्सिलोनाले राखेका अपेक्षाहरु पूरा भएको छैन। तर उनले अपेक्षाहरु पूरा गर्छन् भन्नेमा म ढुक्क छु। हामी उनलाई सबै सहयोग गर्न तयार छौँ।”,जाभीले भने। डेम्बेलेसँगको सम्झौता नवीकरण प्राथमिकता रहेको पनि जाभीले बताए।
डेम्बेले विश्वको उत्कृष्ट खेलाडी हुन सक्नेमा कुनै शङ्का नरहेको जाभीको भनाई छ। जाभीका अनुसार डेम्बेलेले बार्सिलोनालाई धेरै योगदान दिन सक्छन्। उनले भने,”मेरो लागि, डेम्बेले आफ्नो स्थानमा विश्वको उत्कृष्ट खेलाडी बन्न सक्छन्। तर त्यसको लागि उनले मिहिनेत गर्नुपर्छ। मलाई कुनै शङ्का छैन कि उनी बार्सिलोनामा फरक पार्न सक्छन् र विश्व स्टार बन्न सक्छन्। हामी उनलाई मद्दत गर्न तयार छौँ।”
जाभीले बार्सिलोनामा धेरै समस्या रहेको र त्यस मध्ये खेलाडीहरु घाइते भैरहेने मुख्य रहेको बताए। जिममा खेलाडीहरु घाइते हुने गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जाभीको भनाई छ।

