एजेन्सी – सोमबार ह्वात्तै बढेको सुनको मूल्य आज घटेको छ। सोमबार एकै दिन तोलामा १ हजार ५ सय रुपैंयाँले बढेको सुनको मूल्य आज २ सय रुपैंयाँले घटेको हो।
नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार तोलामा २ सय रुपैंयाँले बढेसँगै नेपाली बजारमा छापावाला सुनको मूल्य ९२ हजार ३ सय रुपैंयाँ कायम भएको छ। त्यस्तै तेजाबी सुन भने प्रतितोला ९१ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
यस अगाडी सोमबार छापावाला सुन ९२ हजार ५ सय र तेजाबी सुन ९२ हजार रुपैंयाँमा कारोबार भएको थियो। सोमबार कायम भएको सुनको मूल्य कार्तिक ९ गते यताकै महँगो रहेको थियो।
चाँदीको मूल्य
सुनको मूल्य घटेपनि आज चाँदीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज चाँदी १ हजार २ सय ५० रुपैंयाँमा कारोबार भइरहेको छ।