एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका डिफेन्डर ड्यानी कारभाजलले बार्सिलोनाको पछिल्लो अवस्था प्रति आश्चर्य व्यक्त गरेका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा बार्सिलोना धेरै नै कम्जोर भएको देखेर आफूलाई आश्चर्य लागेको बताएका हुन्।
स्पेनिस पत्रिका मार्कासँग कुराकानी गर्दै कारभाजलले सिजनको शुरुवातमै बार्सिलोना यति पछि पर्छ भन्ने नलागेको बताए। बार्सिलोना अहिले उपाधि दौड नजिक नदेखिएपनि कम्जोर आँक्न नहुने कारभाजलको भनाई छ।
“एन्सेलोटीले भनेजस्तै बार्सिलोनालाई उपाधिको दौड देखि टाढा देखेर हामी चकित छौँ। बार्सिलोना यति सम्म पछाडी पर्छ होला भनेर हामीले सोचेका थिएनौं। तर अहिले पछि पर्यो भन्दैमा उनीहरु उपाधि दौडमा छैनन् भन्न भने मिल्दैन। सम्मान आवश्यक छ।”,कारभाजलले भने।
बार्सिलोनाको अवस्थालाई कारभाजलले केहि सिजन अगाडीको रियल म्याड्रिडसंग तुलना गरे। उनले भने,”जब [जिनेदिन] जिदान आइपुगे हामी बार्सिलोना भन्दा १२ अंकले पछाडि थियौं र हामीले उनीहरूलाई अन्तिम खेलसम्म पछ्याउँदै थियौं।”
बार्सिलोना लालिगामा अहिले ९ औं स्थानमा छन्। बार्सिलोनाले सिजनका १२ खेल खेल्दा १७ अंक जोडेको छ। यस बीचमा बार्सिलोनाले मात्रै ४ खेलमा जित निकालेको छ। बार्सिलोना शिर्ष स्थानमा रहेको रियल सोसिडाड भन्दा ११ अंकले पछाडी छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा १० अंकले पछाडी छ।
सिजनको शुरुवातमै यत्रो पछाडी पर्नुपक्कै पनि राम्रो संकेत होइन। रोनाल्ड कोम्यानको नेतृत्वमा क्लबले राम्रो प्रदर्शन गर्न सक्ने देखिएसँगै उनलाई बर्स्खास्त गरेर बार्सिलोनाले नयाँ प्रशिक्षकको रुपमा जाभीलाई ल्याइसकेको छ।
बार्सिलोना आफूहरुको प्रतिद्वन्दी भएपनि कारभाजलले जाभीको सफलताको कामना गरे। जाभी जस्तो व्यक्तिको उपस्थितिले बार्सिलोना थप प्रेरित हुने कारभाजलको विश्वास छ।
“निश्चित रूपमा परिवर्तन। बार्सिलोनाका लागि जाभीजस्ता व्यक्तित्वको आगमनले उनीहरूमा आशा भर्ने छ। प्रतिद्वन्द्वी भएपनि उनको सफलताको कामना गर्छु। “,उनले भने।