एजेन्सी – चर्चित फुटबल कमेन्टेटर पिटर ड्रुरिले अर्जेन्टिनाका खेलाडी असम्भव काम गर्न सक्ने भएकाले क्रिस्टियानो रोनाल्डोभन्दा लियोनल मेस्सीलाई रोज्ने बताएका छन्। स्पोर्ट्स बाइबलसँग कुराकानी गर्नेक्रममा पिटरलाई मेस्सी र रोनाल्डो मध्ये एकलाई रोज्न आग्रह गरिँदा मेस्सीलाई रोजेका हुन्।
पिटरले रोनाल्डो हेडिङ गोल गर्ने र उफ्रिने मामलामा अभूतपूर्व अहेको बताए। उनले रोनाल्डोलाई ओलम्पिक हाई-जम्पर र ओलम्पिक स्प्रिन्टरको संज्ञा समेत दिए। रोनाल्डोसँग भएका अभूतपूर्व क्षमताका बाबजुत मेस्सीलाई रोज्ने उनको भनाई छ।
“सबैलाई थाहा छ, रोनाल्डो उफ्रिने र हेडिङ गर्ने मामलामा कति अभूतपूर्व छन्। भन्न हो भने उनी ओलम्पिक हाई-जम्पर र ओलम्पिक स्प्रिन्टर बराबर छन्। उनी गज्जबको क्रस दिन्छन्, दुवै साइड र हेडिङबाट गोल गर्छन्। उनी साँचै शानदार छन्। तर यदि तपाई मलाई मेस्सी र रोनाल्डो मध्ये एकलाई रोज्नु भन्नुहुन्छ भने म मेस्सीलाई रोज्छु।”,पिटरले भने।
पिटरका अनुसार मेस्सी असम्भव काम पनि गर्न सक्छन्। मेस्सीको देब्रे खुट्टा नै काफी हुने पिटरले बताए। दाहिने खुट्टाले पनि गोल गर्ने सक्ने भएर पनि मेस्सीको देब्रे खुट्टा नै काफी हुने पिटरको भनाई छ।
उनले भने,”मेस्सी असम्भवलाई पनि सम्भव बनाउन सक्छन्। उनी आफ्नो देब्रे खुट्टाबाट खेल्छन्। भन्ने हो भने उनलाई दाहिने खुट्टाको आवश्यकता पर्दैन। उनी दाहिने खुट्टाबाट पनि गोल गर्न सक्छन्। तर उनी खालि ठाउँबाट नहुँदा पनि खालि ठाउँ निकाल्न सक्छन्।”
रोनाल्डो एथलीट र मानवको एक उल्लेखनीय नमूना रहेको पिटरले बताए। तर उको नजरमा मेस्सी छेउछाउको केटा भएपनि भगवान जस्तै खेल्ने पिटरको भनाई छ।

