काठमाडौँ – तिहार पछि लगातार घट्ने र बढ्ने भैरहेको सुनको मूल्य आज ह्वात्तै बढेको छ। सोमबार बढेर मंगलबार घटी बुधबार बढेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९४ हजार रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार ३ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
सुन लगभग ५ महिना यताकै महँगो
पछिल्लो वृद्धिसँगै सुनको मूल्य लगभग ५ महिनाकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य जेठ अन्तिम हप्ता पछिकै महंगो हो। सुनको मूल्य जेठ २८ गते अथवा १ सय ५३ दिन यताकै महँगो रहेको महासंघले जनाएको छ।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा चाँदीको मूल्य रु २० ले बढेर १ हजार २ सय ७० रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।