जब निर्माताले मल्लिकाको कम्मरमा रोटी सेकाउन खोजे …

एजेन्सी – बलिउडकी चर्चित नायिका मल्लिका शेरावतले फेरि एकपटक चकित पार्ने खुलासा गरेकी छन् । एक लाइभ शोको क्रममा उनले एक अचम्म लाग्दो ‘किस्सा’ सुनाएकी हुन्।

मल्लिका हालै एक लाइभ शो ‘द लभ लाफ लाइभ शो’ मा देखिएकी थिइन्। त्यसक्रममा उनले एक चलचित्रको छायाँकनका क्रममा घटेको अचम्म लाग्दो घटना सुनाइन्।

के थियो घटना ?

मल्लिका बलिउडमा बोल्ड नायिकाको रुपमा परिचित छिन्। उनी बोल्ड भन्दा बोल्ड चलचित्रमा काम गर्न समेत हिच्किचाउँदिनन्। लाइभ शो ‘द लभ लाफ लाइभ शो’का क्रममा उनले सुनाइन् कि उनलाई एक चलचित्र निर्माताले गीत छायांकनका क्रममा कम्मरमा रोटी सेकाउन लगाएका थिए।गीतलाई धेरै बोल्ड देखाउनको लागि निर्माताले कम्मरमा रोटी सेक्दै गरेको दृश्य खिच्न कर गरेको र आफूले नमानेको मल्लिकाले बताइन्।

मल्लिकाका अनुसार चलचित्र निर्माताले के भनेका थिए ?

मल्लिका भन्छिन्,”एक निर्माताले मलाई भनेका थिए कि – यो धेरै हट गीत छ। दर्शकलाई तिमी कति हट छौ भनेर देखाउन तिम्रो कम्मरमा रोटी सेकाएको देखाउनुपर्छ। तर यस्तो अजिव मागलाई मैले सिधै अस्विकार गरिदिएँ।”

बलिउडका धेरै हिट चलचित्रमा काम गरिसकेकी मल्लिका अहिले अभिनयमा अलि कम सक्रिय छिन्। हालसालै मल्लिका एमएक्स प्लेयरमा आएको वेबसिरिज नकाबमा देखा परेकी थिइन्। यस वेबसिरिजमा उनीसँगै ईशा गुप्ता र गौतम रोडे पनि देखिएका थिए।

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८१८:१५

मैले तिमीलाई जीवन दिएँ भन्दै अभिनेत्री प्रियंकाले छोरीसँग सार्वजनिक गरिन् सुन्दर तस्बिरहरु !