बार्सिलोना र रियलको टक्करमा लिभरपुलको इन्ट्री !

एजेन्सी – रियल सिसीडाडको पछिल्लो सफलताको मुख्य शुत्रधार मिकेल मेरिनो यति बेला धरै क्लबको प्राथमिकतामा छन्। पछिल्ला केहि वर्ष देखि उनले जुन प्रकारको खेल प्रदर्शन गरिरहेका छन्, त्यसले ठूला भनिएका धेरै जस्तो क्लबको ध्यान तानेको छ।

मेरिनो सन् २०१८ मा न्यूक्यासल युनाइटेडबाट करिब १३ मिलियनमा युरोमा रियल सिसीडाड पुगेका थिए। त्यसयता उनले आफूलाई रियल सिसीडाडको प्रमुख खेलाडीको रूपमा आफूलाई स्थापित गरिसकेका छन्।

लालिगाको महत्वपूर्ण खेलाडीको रुपमा रहेका उनले अहिले सम्म सिसीडाडका लागि १ सय २५ खेल खेलिसकेका छन्। गएको सिजन सिसीडाड लिगको शिर्ष पाँचमा पर्दा उनले महत्वपूर्ण भूमिका खेलेका थिए। जारी सिजनमा पनि उनी प्रभावशाली देखिएका छन्। १३ लालिगा खेलमा उनले २ गोल तथा २ असिस्ट दिएका छन्। अहिले सिसीडाड लालिगाको शिर्ष स्थानमा छ।

विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएअनुसार मेरिनोलाई लिएर धेरै क्लब बीच प्रतिष्पर्धा हुने वाला छ। सिसीडाडमा सन् २०२५ सम्मका लागि सम्झौता रहेका उनको रिलिज क्लज ६० मिलियन युरो रहेको छ।

कोको बीच होला प्रतिष्पर्धा ?

मेरिनो माथि लालिगा क्लब बार्सिलोना र रियल म्याड्रिडको पनि नजर रहेको छ। बताइएअनुसार दुवै क्लब उनलाई भित्र्याउन चाहन्छन्। मिडफिल्डलाई राम्रोसँग नियन्त्रण गर्न सक्ने मेरिनोलाई लिएर दुवै क्लब बीच कडा टक्कर हुने अनुमान अहिले देखि नै गर्न सकिन्छ।

मेरिनोका लागि बार्सिलोना र रियलले अन्य क्लबको पनि चुनौती सामना गर्नुपर्नेछ। पछिल्लो एक खबरका अनुसार प्रिमियर लिग क्लब लिभरपुल पनि मेरिनोलाई भित्र्याउन चाहन्छ।

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८२२:५७

विपक्षीको पोस्टमा जर्मनीको ९ गोल !