एजेन्सी – एजेन्सी – फिलिपे काउटिन्हो बार्सिलोना गएयता संघर्षरत छन्। प्रिमियर लिग क्लब लिभरपुलमा हुँदा उनले जुन स्तरको खेल प्रदर्शन गरिरहेका थिए, त्यसलाई उनले बार्सिलोनामा निरन्तरता दिन सकेनन्।
लिभरपुलमा हुँदा तहल्का नै मच्चाएका उनी पछिल्लो समय बार्सिलोनाको प्रमुख टोलीमा कम मौका पाउँदै आएका छन्। पछिल्ला केहि खेलहरुमा उनले मौका पाइरहेको भएपनि उनी बार्सिलोनाको दिर्घकालिन योजनामा हुने कमै सम्भावना देखिन्छ।
काउटिन्हो बार्सिलोनामा मात्र होइन ब्राजिलको राष्ट्रिय टोलीको प्राथमिकतामा पनि पर्न छाडेका छन्। ब्राजिलमा नयाँ-नयाँ खेलाडीको उदय भैरहँदा काउटिन्हो ओझेलमा पर्दै गएका छन्।
शुक्रबार बिहान विश्वकप छनौट अन्तर्गत कोलम्वियाको खेलमा ब्राजिलले कोलम्वियालाई १–० ले पराजित गर्यो। उक्त खेलमा पनि काउटिन्होले मौका पाउन सकेनन्। विकल्पिक खेलाडीको सूचीमा परेपनि उनी पहिलो छनोटमा भने पर्न सकेनन्।
खेलपछि ब्राजिलका प्रशिक्षक टिटेले कोलम्वियाको क्षमतालाई कसैले पनि नकार्न नसक्ने बताए। कोलम्वियासँग प्रतिभा छैन भने कसैले पनि भन्न नसक्ने टिटेको भनाई छ।
“प्रतिभाको बारेमा छलफल गरिएको छैन र कोउटिन्होसँग त्यो छैन भनेर कसैले भन्न सक्दैन। उनी कति राम्रो फुटबलर हुन् भन्ने कुरा जगाउन पुनः शुरु गर्नुपर्ने हुन्छ। मेरा लागि कोउटिन्हो अन्तिम पास दिने महत्वपूर्ण खेलाडी हुन्। उनी दायाँ-बायाँ, बाहिर-भित्र सबै तिर खेल्न सक्ने खेलाडी हुन्। “,टिटेले भने।
हाल कोउटिन्हो आफ्नो उत्कृष्टमा नरहेको पनि टिटेले बताए। लिभरपुलमा कोउटिन्हो जस्तो थिए, त्यस्तो हुनको लागि धेरै काम गर्नुपर्ने अवस्था रहेको टिटे बताउँछन्।

