एजेन्सी – बायर्न म्युनिखका पूर्व अध्यक्ष उली होएनेसले पैसा हुँदैमा च्याम्पियन्स लिग जित्न नसकिने बताएका छन्। एक पोडकास्टमा विभिन्न विषयहरु बारे आफ्नो धारणा राख्नेक्रममा होएनेसले आर्थिक रुपमा बलियो हुँदैमा फुटबलमा अब्बल हुन सकिन्छ भन्ने सोचाई गलत रहेको प्रमाणित भइसकेको बताएका हुन्।
पैसा खर्च गरेर मात्र अब्बल फुटबल खेल्न सकिन्छ र च्याम्पियन्स लिग जित्न सकिन्छ भन्ने पटक-पटक प्रमाणित भइसकेको होएनेसले बताए। आर्थिक रुपमा बलियो हुँदैमा च्याम्पियन्स लिग जित्न सकिँदैन भन्ने म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन(पिएसजी) जल्दोबल्दो उदाहरण रहेको होएनेसको भनाई छ।
“खर्च गर्दैमा कहाँ च्याम्पियन्स लिग जित्न सकिन्छ त ? अहिलेसम्म यी दुई क्लबहरू [पिएसजी र म्यानचेस्टर सिटी] ले च्याम्पियन्स लिग जित्न सके त ? सकेनन् नि !”,होएनेसले भने।
बायर्न म्युनिखले धेरै खर्च गररे रवाफ देखाउने क्लबहरुलाई हराउँदा आफूलाई धेरै नै सन्तुष्टि मिल्ने होएनेसले बताए। हरेक पटक यस्ता क्लबहरु हार्दा पैसा सबै कुरा होइन भन्ने प्रमाणित हुने होएनेसको बुझाई छ।
उनले भने,”केही छैन। तिनीहरूले हामीसँग फेरि हार्नेछन्। सधैं होइन, तर समय-समयमा। त्यो हाम्रो लक्ष्य हुनुपर्छ। र जब हामीले तिनीहरूलाई हराउँछौं, यसले मलाई धेरै खुसी दिन्छ।”
त्यस्तै उनले पिएसजीको ट्रान्सफर रणनीतिको पनि आलोचना गरे। पिएसजीका नासेर अल-खेलाफीले फुटबललाई माया नगर्ने उनको आरोप छ। पिएसजीमा जे भैरहेको छ त्यसलाई आफू आर्थिक रुपमा हेर्ने होएनेस बताउँछन्।

