भाग्य र स्वास्थ्य दुवैले दिएन अगुएरोलाई साथ, फुटबलबाट सन्यासको घोषणा गर्दै !

एजेन्सी – बार्सिलोनाका अर्जेन्टिनी स्टार फुटबलर सर्जियो अगुएरो फुटबलबाट सन्यास लिने अवस्थामा पुगेका छन्। स्वास्थ्य अवस्थाका कारण अगुएरो फुटबलबाट सन्यास लिने अवस्थामा पुगेका हुन्।

विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार अगुएरीमा देखिएको काडिएयक एरिथमिया सोचे भन्दा गम्भीर देखिएको छ। काडिएयक एरिथमिया गम्भीर देखिएसँगै अब अगुएरो फुटबल देखि टाढा हुने भएका छन्।

अगुएरो डिपोर्टिभो एलाभेस विरुद्धको खेलका क्रममा छाती दुखेको महसुसस भएपछि मैदानबाट फिर्ता बोलाइएको थियो। पछि अस्पतालमा थप चेक जाँच गर्दा उनीमा काडिएयक एरिथमिया भएको पत्ता लागेको थियो। मुटु रोग अस्पतालमा उनको शल्यक्रिया समेत भएको थियो।

शल्यक्रिया पश्चात उनी आउने ३-४ महिनापछि मैदान फर्किने अनुमान गरिएको थियो। तर पछिल्लो अवस्था पश्चात अगुएरो अब फुटबलबाट सन्यास लिने अवस्थामा पुगेका छन्।

म्यानचेस्टर सिटीको लामो करियर पछि अगुएरो यसै सिजन बार्सिलोना आइपुगेका हुन्। उनी प्रि-सिजनकै क्रममा घाइते भएका थिए। अगुएरोले अहिले सम्म बार्सिलोनाका लागि लालिगामा मात्रै ४ खेल र च्याम्पियन्स लिगमा एक खेल खेलेका छन्। बार्सिलोनाका लागि उनले एक गोल गरेका छन्।

प्रकाशित : शुक्रबार, कार्तिक २६, २०७८१९:५१

बार्सिलोना फिर्ता हुने भएपछि मख्ख आल्भेस, बार्सिलोनालाई पुनः विश्वको उत्कृष्ट क्लब बनाउने प्रण !